
काठमाडौं – गायिका कोमल वली एमालेमा प्रवेश गरेपछि उनकै समकालिन राजनीतिकर्मी तथा अभिनेत्री रेखा थापा पनि एमाले प्रवेश गर्ने निष्कर्षमा पुगेकी छिन् । उनका निकटस्थहरुका अनुसार वलीकै पहलमा थापा पनि एमाले प्रवेश गर्ने तयारी गरेकी हुन् ।
रेखाले सार्वजनिक रुपमै कोमल वली एमालेमा प्रवेश गरेकोमा खुसी व्यक्त गरेकी थिइन् । राप्रपाभित्र कोमल वलीजस्तो क्षमतावान नारीलाई ‘सो–पिस’ का रुपमा राखिएको गुनासो गर्दै वलीले बेलैमा सही निर्णय लिएको थापाको टिप्पणी थियो ।
‘जे होस् उहाँले बेलैमा निर्णय लिनुभयो, यो राम्रो निर्णय हो, एमालेमा उहाँको क्षमताको कदर हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।’ थापाले भनिन्, ‘हरेक व्यक्ति स्वतन्त्र हुन्छ, मन लागेको पार्टीमा लागेर काम गर्न पाउने उसको अधिकार हो, बिचारहीन भएर कुनै पार्टीमा रहिरहनुभन्दा बाहिरिनु नै उचित हुन्छ । कोमल दिदी एमालेमा प्रवेश गरेर राम्रो गर्नु भयो, यो कुराबाट खुसी छु, एमालेले कुनै पनि रुपमा कोमल दिदीलाई राज्यको माथिल्लो निकायमा पुर्याउनेछ ।’
साथै कमल थापा नेतृत्वको पार्टीले आफूहरुको प्रवेशलाई जनता जम्मा पार्ने र माहोल बनाउने गोटीको रुपमा लिएको आरोप लगाउँदै थापाले यस्तो हुनु सबैभन्दा ठूलो दुर्भाग्य भएको बताइन् ।
रेखाले कोमल वली सहित एमालेका केही नेताहरुसँग गोप्य छलफल गरेपछि नै राप्रपाबिरुद्ध यस्तो टिप्पणी गरेको बुझिएको छ । पछिल्लो समय उनी पनि राप्रपामा सन्तुष्ट बनेकी छैनन् ।
यही शिलशिलामा रेखाले दशैँअघि मात्रै कोमल वली र एमाले नेताहरुसँग छलफल गरेकी थिइन् । विभिन्न भेटमा उनी एमाले प्रवेश गर्ने विषयमा छलफल भएको थियो । स्रोतका अनुसार रेखा पनि अबको केही सातापछि एमाले प्रवेश गर्ने बुझिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्