
- रोहन शर्मा
सेयर बजारमा श्रावण/भाद्र महिनालाई सिजनको रुपमा लिने गरिन्छ भने फाल्गुण देखी जेष्ठको समयलाई अफ सिजनको रुपमा लिईन्छ । सिजन यस अर्थमा कि यो बेला कम्पनीले बर्षभरिको प्रगती बिवरण सार्वजनिक गर्नुका साथै सेयर होल्डरलाई प्रतिफल प्रदान गर्दछन् । अफ सिजन भनिएको समयमा चाहिं कम्पनीहरु लाभाँश बाँडिसकेर थारो अवस्थामा रहेका हुन्छन् ।
बजारको यो पुरानो प्रबृत्ती धेरै पटक दोहोरिएको भएता पनि पछिल्लो समयमा भने यो उल्टिंदै गएको पाईन्छ । सबैले फाल्गुन चैत्रमा किन्ने अनि श्रावण भाद्रमा बेच्ने भए श्रावण भाद्रमा किन्ने चाहिं कसले ? भन्ने बेलामा चाहिं फाल्गुण चैत्रमा रोपेको खेती श्रावण भाद्रमा भित्र्याउने भनिन्छ। आम लगानिकर्ताको मनोबिज्ञान यही सिद्धान्तबाट निर्देशित भएको पाईन्छ । फलत मास साईकोलोजी एकैतिर दौंडदा बजारले उल्टो दिशा समात्ने गर्दछ । दुई बर्ष अगाडी देखिएको बजारको उल्टो चक्र यो पाली पनि दोहोरियो । अफ सिजन मानिने समयमा मज्जाले बढेको बजार अहिले सिजन भनिएको समयमा चाहिं सुस्तायो । कम्पनीले उत्साहजनक बित्तिय बिवरण पस्कँदा पस्कँदै, अपेक्षा गरे अनुरुप लाभाँश घोषणा गर्दा गर्दै पनि बजार अपेक्षाकृत रुपमा बढ्न सकेन्, बरु उल्टै घट्यो।
आज भन्दा दश बर्ष अगाडी सान्दर्भिक मानिएको प्रबृत्ती अहिले आएर मेल खानै पर्छ भन्ने छैन, बजारको पुँजिकरण , बजारको बिस्तार, सुचिकृत कम्पनीहरुमा बृद्धि, बजारमा म्युचुअल फण्ड लगायत ठुला लगानिकर्ता हरुको उपस्थिती , लगानिकर्ताको सहज पहुँच, प्रबिधिमा भएको प्रगती, सेयर बजार सम्बन्धी चेतनामा बिस्तार आदीले बजारलाई थप चलायमान बनाईदिएको छ। यस्तो अवस्थामा सिजन र अफ सिजनको कुराको पछी मात्र लाग्नु भनेको बिरालो बाँधेर श्राद्ध गर्नु सरहनै हो ।
सेयर बजारमा बेला बेलामा अवसर आईरहन्छ । एउटा कुरा मनन गरौं सिजन मानिएको समयमा बजार घट्न सक्छ भने भोली अफ सिजन मानिएको समयमा बजार नबढ्ला भन्न पनि त सकिन्न ।
यसो गरे कसो होला ?
समग्र बजार बढ्दा सबै समुहको सेयर मुल्य बढ्ने र घट्दा सबै समुह को घट्ने भएको हुँदा । हामिले बजार घटेको अवस्थामा लाभाँश बाँढेर थारो भएका भन्दा लाभाँश मुखमा रहेका कम्पनीहरु छनौट गरौं। बिक्री गर्नको लागी जसरि एउटा टार्गेट मुल्य सेट गरिन्छ , खरिद गर्नको लागी पनि एउटा मुल्य लाई टार्गेट गरौं, त त्यो मुल्यमा आएपछी बिस्तारै बिस्तारै खरिद गर्न सुरु गरौं । बिक्रीको लागी टार्गेट राखिएको मुल्य पुग्दा पनि अझै बढ्छ भनेर लोभ गर्नु र खरिदको लागी टार्गेट गरेको मुल्यमा सेयर पाउँदा पनि अझै घट्छ भनेर डराउनु अपरिपक्क लगानिकर्ताको चिनारी हो ।बजारप्रती बिश्वाश छैन भने यता लागेर समय खेर नफालौं , समयमै आफुलाई बिश्वाश लागेको क्षेत्रमा प्रवेश गरौं।
सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने प्रमुख बिषयहरुमा मुलुकको राजनितिक र आर्थीक अवस्था क्रमिकरुपमा सुधारको बाटोमा छ।
बिगतमा मुद्दति खातामा १३% सम्म ब्याज दिएका कम्पनीले अहिले उक्त ब्याजदर ७% सम्म झारेका छन् भने बचत खातामा पनि ब्याजदर आधा घटिसकेको अवस्था छ । कर्जातर्फ पनि घट्दो ब्याजदरको कारण कर्जाको माग बढ्न थालिसकेको छ । जसरि बजारमा तरलता अभाव सुरु भएपछी त्यसको नकारात्मक असर देखिन समय लाग्छ त्यसैगरी तरलता सहज हुँदै गएको अवस्थामा पनि बजारमा त्यसको सकारात्मक असर देखिन समय लाग्दछ ।
अब आफै बिचार गरौं अहिलेको समयमा बजार प्रवेश गर्ने कि बजारमा सकारात्मक कुराहरुको असर देखा परीसकेपछी प्रवेश गर्ने?
सिजन/अफ सिजन भन्दापनी अब सेयरको बजार मुल्य, कम्पनीले दिने प्रतिफल र बैंकले दिने ब्याजदर बिच तुलना गर्दै राम्रा राम्रा कम्पनी छानेर दिर्धकालिन सोचका साथ लगानी गरौं, भबिश्यमा सोचेभन्दा बढी प्रतिफल सुनिश्चित छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्