
- रोहन शर्मा
यो साता एमाले र माओबादी बिच चमत्कारिक राजनितिक समिकरण भएकैकै दिन नेप्से सुचकमा दोहोरो अँकको गिरावट आयो । आम लगानिकर्ताको बुझाई चाहिं काँग्रेस अर्थ ब्यवस्थामा उदार छ प्रजातान्त्रीक पार्टी हो भने कम्युनिष्ट चाहिं अलि कठोर पार्टी हो भन्ने छ। अन्य मुलुकको प्रयोगलाई हेर्ने हो भने यसको प्रभाव देखिन्छ तर हाम्रो मुलुकमा भने जुनसुकै पार्टीका कार्यकर्ताको त के कुरा गर्नु नेतृत्व पँक्तीलाई समेत आफुले आस्था राखेको पार्टीको सिद्धान्त के हो भन्ने बारे स्पष्ट ज्ञान छैन। फलत तिर्खाएको मृग झै यता उति भौंतारी रहन्छन्
हिजोको दिनमा समाजबादको वकालत गर्ने बाबुराम पनि अहिले मृगतृष्णामै भौंतारी रहेका छन्, कहिले माओबादी कहिले नयाँ शक्ती हुँदै अहिले आएर एमालेमा आएर प्यास मेटाउने आशामा छन् उनि। कुनै समय उनैले नेपालको सेयर बजार र जुवा घर एकै हो भनेर अभिब्यक्ती दिंदा ११७५ बाट २९२ सम्म थचारिएको थियो नेप्से परीसुचक। तर अब समय फेरिएको छ । बजार परिपक्क हुँदै गएको छ । बिगत १० बर्षमा सेयर बजारमा ठुलो परिवर्तन आईसकेको छ। अब कसैको अभिब्यक्तीले बजारलाई कुनै असर पार्नेवाला छैन, किनकि यो अन्तरालमा लगानिकर्ताले सबै पार्टी र नेताहरुको नाडी छामि सकेका छन्।
अहिले उनले समाजबादको ब्याख्या परिवर्तन गरेका छन्, समाजबादको बाटो मोडेका छन् र भन्छन्,” नेपालमा समाजबाद चाहिन्छ र आउँछ पनि तर त्यो भन्दा पहिले पुँजिबाद चरम उर्त्कर्षमा पुग्नु जरुरी छ!”
अब हामिले आफै बुझौं, हामिभन्दा अघी अघी कम्युनिष्टहरु पुँजिबादतर्फ दौडँदै छन्! अनि बाम एकता भन्दैमा पुँजिबजारका लगानिकर्ता किन आत्तीने ?
हिजोको दिनमा पुँजी बजार भनेको सामन्तीको बजार हो भनेर बिरोध गर्नेहरुनै अहिले बजारका ठुला लगानिकर्ताको भूमिकामा रहेका छन्। द्वन्द कालमा (☆ठुलो दु:ख, कष्ट र मेहनतका साथ!) जुगाड गरेको पैसालाई सेयर बजारमा लगानी गरेर धेरै क्रान्तिकारीहरुको जिवनमा क्रान्तिकारी परिवर्तन भैसकेको छ। जिवनमा नसोचेको उपलब्धी छोटो समयमै पाएको कारण अहिले उनिहरुनै बजारको सच्चा लगानिकर्ता र पुँजिबजारको पक्षधर भएका छन्।
मुलुकमा यत्रो क्रान्तिकारी परिवर्तन भैसक्दा पनि हामी सोझा लगानिकर्ता चाहिं कागले कान लाग्यो भन्ने सुनेपछी कान नछामी दौडने बाहेक केहि सिकेनौं अहिलेसम्म! आजको भोलीनै प्रतिफल खोज्दै मृगतृष्णामै भौंतारिईरहेका छौं।
बजारमा बिकृती नभएको हैन। धेरै बिकृतीहरु छन्, बिकृतीहरुको पर्दाफास/भण्डाफोर गर्दै करेक्सनको बाटोतर्फ लैजाने जिम्मेवारी तपाईं हाम्रै हो ।
पछिल्लो समय नेप्सेको महाप्रबन्धकको नियुक्तीको बिषयलाई लिएर ठुलै चलखेल भैरहेको देखिन्छ । लामो समयसम्म पदपुर्ती हुन नसक्दा एउटा भ्याकुम सृजाना भएको छ। जुनसुकै क्षेत्रमा पनि भ्याकुम सृजना हुनु भनेको नियमित कार्य सँचालनमा अवरोध हुनु, अधी बढेका आयोजना तथा गतिबिधीहरु ठप्प हुनु हो । यस बिच धमिलो पानीमा माछा मारेजस्तै खेल्नेले खेल्ने मौका पाउँछन्। यसोहुँदा आम सर्वसाधारणमा अबिश्वास पैदा हुन्छ। अहिले सेयर बजारमा नकारात्मक प्रभाव पर्नुको गहिरो कारण यो पनि हो।
सेयर बजार निकै संबेदनशिल र मनोबिज्ञानको बजार भएको हुँदा नकारात्मक कुराको असर छिटो पर्दछ । बजार घट्न जती सजिलो छ बढ्न भने समय लाग्छ । बजारमा उछाल लामो समयको अन्तरालमा आउँछ । बजारले उछाल र दिगो बृद्धीको लागी कुनै बाहना/ईभेन्ट खोजिरहेको हुन्छ। तसर्थ लगानिकर्तामा धैर्यताको जरुरत पर्दछ ।
आशा गरौं नेप्सेले सक्षम नेतृत्व तुरुन्त पाओस्, अनलाईन ट्रेडिङ , बैंकलाई ब्रोकर लाईसेन्स, मार्केट मेकरको प्रवेश, एन.आर.एन लाई लगानी गर्ने सहज बातावरण, लगायत पेण्डिङ रहेका धेरै बिषयले छिटो भन्दा छिटो मुर्त रुप लेओस्। अनी अहिले पिंजडामा कुँजिएर बसेको बजारले पनि पिंजडा मुक्त भएर खुला आकाशमा पँखेटा फैलाएर नउँड्ने त कुरै छैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्