
- सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
राजनीतिक अस्थीरता, र पैसाका लागि ‘नैतिकता’ बेच्ने परिपाटीको उपजस्वरूप नेपाली पूँजी बजारका एक ‘खलनायक’, इन्साइडर ट्रेडिङका मतियार, यौन दुर्व्यवहारका आरोपित, पदका लागि पैसाको चलखेल गर्ने भ्रष्ट भनेर कुख्याती कमाएका चन्द्र साउद नेप्सेको महाप्रबन्धक पदमा नियुक्त भएका छन् । यो नियुक्तिका पछाडी कस्तो खेल भयो, कसले, को मार्फत, कसलाई कति पैसा बुझायो, कसले नैतिकतालाई खोलामा बोलायो भन्ने कुरा अव सबैजसोलाइ थाहा भइसकेको छ ।
पैसाको पछी लाग्ने ‘नेतृ’, उनले भनेको जे पनि मान्ने प्रधानमन्त्री र प्रधानमन्त्रीले भनेपछि केहि गर्न नसक्ने निरिह अर्थमन्त्रीका कारण नेप्सेमा गलत व्यक्ति हावी भएको तथ्य कसैले नकार्न सक्दैन । राम्रा दुइ विकल्प हुँदा हुँदै उनलाई किन, के कारणले कसको आडमा के का लागि त्यहाँ लगियो भन्ने पनि सबैले बुझेका छन् ।
तर अव जे नहुनु थियो, त्यो त भइसक्यो । कसैको ज्यान मारेका व्यक्ति त सुध्रीन्छन् भने साउदले त ‘कमाउ धन्दा’ न गरेका हुन् । तन बुढो भएपनि मन बुढो नहुँदा छिप्पिएको बैश न पोखेका हुन् । अनि देश अनुसारको भेष भनेजस्तै गरी पैसाले बिक्ने मान्छे पाएपछि पैसाले नै किनेका न हुन् । यसमा उनको भन्दापनि देशको स्थिति, राजनीतिक परिस्थिति र हाम्रो ‘सिष्टम’को दोष छ । जति नै चरित्रहीन भन्ने थाहा पाएपनि छोराले मन पराएर घरमा ल्याईसकेकी बुहारीलाई चरित्रहिन भनेर हेप्नु भन्दा उनलाई सुधारेर घर राम्रो बनाउन तिर लाग्नु नै बुद्धिमानी हुन्छ । त्यस्तै नेप्सेमा आएका चन्द्र साउदको पनि अव विरोधभन्दा पनि उनको खबरदारी गर्न आवश्यक छ ।
नेप्सेमा गर्नुपर्ने कुरा धेरै छ । अनलाइन ट्रेडिङ सिष्टम समयमा नै ल्याउनु छ । नेप्सेका थुप्रै कमजोरीहरु स्वीकार्नु छ । लगानीकर्ताको हित विरुद्ध काम गर्नेहरुलाई तह लगाउनुछ । इन्साइडर ट्रेडिङलाइ निमिट्यान्न बनाउनु छ । चन्द्र साउदजस्ता इन्साइडर ट्रेडिङका मतियार नै नेप्सेको महाप्रबन्धक बनेपछि धेरैले यो आशा उनीबाट गरेका छैनन् होला । तर रत्नाकर चन्द्र साउदको बालामिकी बन्ने ठुलो अवसर हो यो । नेपाली सेयर बजारलाइ जुवाघर भन्ने पार्टीका नेता नेप्सेको हाकिम भएर आएपछि त्राहिमाम् बनेका लगानीकर्ताहरुलाई आफुमात्र कमाउने हो भन्ने कुराभन्दा अलि माथि उठेर साउदले काम गरेभने लगानीकर्ताहरुले पक्कै पनि उनलाई मन पराउनेछन् ।
एक माघले जाडो जाँदैन । पूरै ४ बर्ष नेप्से सम्हाल्नुपर्नेछ चन्द्र साउदले । नआउनुपर्ने व्यक्ति कुर्सीमा आइसकेपछि अव उसको विरोध भन्दापनि हामीले खबरदारी गर्नुपर्छ । भोजराज जोशीको नाममा सेयर किनेर नेपाल इन्सुरेन्समा इन्साइडर ट्रेडिङ गरेजस्तै साउदले अझै पनि गर्न सक्छन् । त्यहि प्लानका साथ उनीमाथि प्रायोजन भएको कुरा पनि सुनिएकै हो । नेप्सेका महिला कर्मचारीहरु यौन दुर्व्यवहारमा पर्न सक्छन् । त्यसका लागि पनि खबरदारी गर्न सक्नुपर्छ लगानीकर्ताले । जे होस्, सबै मिलेर नेपाली लगानीकर्ताको उज्ज्वल भविष्यका लागि काम गर्नुपर्छ सबैले । त्यसैले अव चन्द्र साउदको विरोध होइन खबरदारी गरौँ । एक पटक उनलाई सुध्रीने मौका दिउँ । नेप्सेमा रहेका महिला कर्मचारीले पनि ढुक्क भएर तर सचेत भएर उनीसँग काम गरौँ । रत्नाकर चन्द्र साउदलाइ एक पटक बाल्मिकी बन्ने अवसर दिउँ । यसैमा सबैको हित हुनेछ ।
चन्द्र साउदलाइ नेप्सेको महाप्रबन्धकको रुपमा सफल कार्यकालको शुभकामना !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्