×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुटर पहिल्याउन सकस, टार्गेटमा प्रहरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुटर पहिल्याउन सकस, टार्गेटमा प्रहरी

३१ आश्विन २०७४, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं – निर्माण व्यवसायी शरद गौचन हत्या प्रकरणमा आधा दर्जन प्रहरीको भिन्ना भिन्नै टोली अनुसन्धानमा जुटेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), महानगरीय अपराध महाशाखा, काठमाडौं परिसर, महानगरीय आयुक्तको कार्यालय र डिआईजी गणेश केसीको कमाण्डमा गठित छानबिन समितीले आ–आफ्नै तरीकाबाट अनुसन्धान सुरू गरेका छन् ।
आधा दर्जन प्रहरी युनिट सक्रिय भएपनि घटनाको सत्य तथ्य पत्ता लगाउन कुनै प्रहरी युनिटले सकेको छैन । गत साता राजधानीको मुटु मानिने नयाँ बानेश्वरमा आपराधिक समूहको गोली प्रहारबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो । कोखामा तीन गोली लागेका गौचनको उपचारको क्रममा बानेश्वरस्थित सिभिल अस्पतालमा मृत्यु भएको थियो ।
गौचनलाई काठमाडौंका कुख्यात गुण्डा नाईके समीरमान बस्नेत र मनोज पुनको योजना मुताबिक हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ । एक महिना अगाडी गौचनको डिजाईनमा दश अरबको हुलाकी राजमार्गको टेण्डर चिनिया कम्पनीलाई दिलाउन गौचन सफल भएका थिए । जसमा गौचनको समूहले महासंघको नाममा ठेक्का दिलाईदिए बापत ५० करोड कमिशन लिएका थिए । उक्त पैसा ठेक्का दिलाउने निकाय देखि महासंघका पदाधिकारीमा समेत भागबण्डा गरिएको थियो । 
भागबण्डामा नपरेका एक कथित ठेकदारले गुण्डा नाईके बस्नेतको प्रयोग गरेर बिगत एक महिना देखि गौचनलाई तीन करोडको अफर गरेका थिए । तर गौचनले यी सब कुरा हल्का रूपमा लिदै वास्ता नगरेपछि बस्नेतको आदेशमा गौचनमाथि गोली प्रहार गरीएको एक ठेकदारले बताए । गौचनको हत्या पश्चात बस्नेतले आफू निकट लोप्साङ राई भन्ने लोप्साङ शेर्पालाई घटनाको जिम्मा लिन लगाएको हुन् । 
लोप्साङ विगत दश बर्ष देखि बस्नेतको विश्वास पात्र हुन् । लोप्साङले घटनाको जिम्मा मात्र होईन अन्य ठेकदार, होटल मालिक र अन्य क्षेत्रमा कार्यारत प्रतिष्ठित व्यापारीलाई समेत ‘अब तेरो पालो’ भन्दै पैसाको अफर गर्न थालेका छन् । यसका पर्दा पछाडीको खेलाडी भनेको मनोज पुन र बस्नेत हुन् । गौचनको हत्या पश्चात दुई दर्जन भन्दा बढी व्यापारीसँग यो समूहले पैसा उठाएको स्रोतको दाबी छ । 
बुटवलमा आधा दर्जन हत्या आरोपमा फरार रहेका मनोज पुन र प्रहरी इन्काउन्टरमा कुमार श्रेष्ठ ‘घैंटे’ मारिएपछि फरार भई भारत भासिएका बस्नेतको समूह एक भई थप आपराधिक क्रियाकलापमा सक्रिय हुन थालेपछि नेपाल प्रहरीलाई टाउको दुखाईको बिषय बनेको छ । यसअघि काभ्रेली समूहका दावा लामा माथिको गोली प्रहारको घटनामा पनि लोप्साङ राईले काठमाडौंका तत्कालिन एसएसपी छवीलाल जोशीलाई फोन गरी घटनाको जिम्मा लिएका थिए । उक्त गोलीकाण्डको घटना अहिलेसम्म रहस्यमय नै छ । मनोज पुनको समूहले यस अघि युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार गरी हत्या गरेको थियो । 
दिनेश अधिकारी (चरी) र कुमार श्रेष्ठ (घैंटे) प्रहरी ईन्काउन्टरमा मारिएपछि राजधानीका मै हुँ भन्ने गुण्डा नाईके र तिनका सदस्य गुमनाम छन् । राजधानीका चल्तीका डन अहिले ज्यान जोगाउन बिभिन्न राजनीतिक दलमा सक्रिय कार्यकर्ता तथा नेता हुन पुगेका छन् । तर घैटे ईन्काउन्टर पश्चात प्रहरीलाई सुट गरी घैटे ईन्काउन्टरको बदला लिने योजना चुहावट भएपछि फरार भई भारत पुगेका बस्नेतले अहिले राजधानीलाई अण्डरवल्ड डनको शैलीमा गुण्डागर्दी सुरू गरेका छन् । योजनाबद्ध तरीकाबाट गुण्डा दावा लामा र व्यवसायी शरद गौचन माथि गोली प्रहार गर्न सफल बस्नेतको तेस्रो टार्गेट भनेको घैंटे ईन्कान्उटर अप्रेशनमा सामेल प्रहरी अधिकृत रहेको उनी निकट स्रोत बताउँछ । स्रोत भन्छ, ‘तत्काल पुन र बस्नेतको सामराज्य भत्काउन प्रहरी सफल नभए छिर्टै अर्को घटना हुन सक्छ ।’ – जनप्रहार साप्तहिक 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी