×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बाट कसरी पैसा कमाउने ? सिक्नका लागि ३ दिने तालिममा जाने कि !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर बाट कसरी पैसा कमाउने ? सिक्नका लागि ३ दिने तालिममा जाने कि !

Artha Sarokar

७ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल मर्चेन्ट बैंकर लिमिटेडको आयोजनामा नवप्रवेशीहरुलाई निकै नै उपयुक्त तीन दिने आधारभुत शेयर तालिम संचालन हुने भएको छ । नेपाल मर्चेन्ट बैंकर परिसरमै आयोजना हुन लागेको उक्त कार्यक्रममा सहर बजार के हो ? कसरी प्रवेश गर्ने ? बजारलाई के के कुराले प्रभाव पार्छ ? वित्तीय प्रतिवेदनका विभिन्न जानकारी लिनु पर्ने पक्षहरु के के हुन् ? कम्पनी छान्ने तरिका के के हो ? शेयर बजारका फाइदा तथा बेफाइदा हरु के के हुन सक्छन्, लगायतका प्रसङ्गमा चर्चा गरिने बताइएको छ ।
२०७४ कार्तिक १०, ११ र १२ गते दिउँसो ४ बजे देखि ६ बजे सम्म आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुने प्रत्येक सहभागीलाई डिम्याट खाता र पोर्टफोलियो ट्रयाकर समेत प्रदान गरिने बताइएको छ । उक्त कार्यक्रममा अर्थ सरोकार डटकम मिडिया पार्टनरका रुपमा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी