×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

शेर बहादुर देउवाले काँग्रेसी उम्मेदवारको नाम काटेर नेप्सेमा किन दिंदैछन् माओवादी उम्मेदवारलाई नियुक्ति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बाम एकता भएपछि माओवादीलाई सत्ता समीकरणबाट निकाल्ने चर्चा चलिरहेका बेला शेर बहादुर देउवाले अचम्मको निर्णय गरेका छन् । नेप्सेको महाप्रबन्धक पदका लागि तीन जनाको नाम सिफारिस भएकोमा दुइ जना कांग्रेसी उम्मेदवारको नाम काटेर शेरबहादुर देउवाले माओवादीको राजनीति गरेका र पछिल्लो समय नयाँ शक्तिमा समेत छिरेका र पुन: माओवादीमै फर्केका चन्द्र साउदलाइ नेप्सेको महाप्रबन्धक पदका लागि नियुक्ति दिन लागेका हुन् । यहि पद हत्याउन मात्र उनले आफु कांग्रेस भएको नाटक गर्दै सुदुरपश्चिमको भएको आडमा केहि काँग्रेसी नेतालाई आर्थिक प्रभावमा पारेको आरोप कांग्रेस निकटहरुले नै लगाएका छन् ।
शेर बहादुर देउवाले यस्तो काम गरेपछि आरजु देउवा पनि विवादमा तानिएकी छिन । साउदले आरजु देउवालाई करिव ३ करोड बुझाएपछि काँग्रेसी उम्मेदवारको नाम काटेर माओवादीका उम्मेदवारलाइ नेप्सेको जीएम बनाउन लागिएको आरोप समेत सरोकारवालाहरुले लगाएका छन् ।
माओवादीका साउदलाइ यौन काण्डदेखि इन्साइडर ट्रेडिङ गरेको सम्मका आरोप छन् । यहि विषयमा छानविन गरी पाउँ भनी अख्तियारमा उजुरी समेत परेको छ भने उनलाई यौनकाण्डको आरोपपछी नेपाल इन्सुरेन्स कम्पनीले बर्खास्त समेत गरेको थियो । उनले नेपाल इन्सुरेन्स डुबाएर पनि राजनीतिक संरक्षणका आधारमा त्यहीं सीइओ भएर बसेका थीए । अन्तमा: केटी काण्ड परेपछि उनलाई त्यहाँबाट संचालक समितिले निकालेको थियो।
यस्ता विवादित व्यक्तिलाइ समेत शेर बहादुर देउवाले आड दिएपछि पछिल्लो समय काँग्रेसी लगानीकर्ताहरुसमेत रिसले चुर भएका छन् ।
उनी छनोट प्रक्रियामा समेत सबैभन्दा कम नम्बर ल्याएका व्यक्ति हुन् । तर पैसाको पावरमा सबैभन्दा बढी नम्बर ल्याएका व्यक्तिको नाम काटेर उनलाई नेप्सेको महाप्रबन्धक पदमा नियुक्ति गर्न लागिएको बुझिएको छ । कांग्रेसकै मनोज ज्ञवाली र प्रमोद राज शर्मा थप दुइ काँग्रेसी उम्मेदवारहरु नेप्सेको महाप्रबन्धक पदका दावेदार थिए ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: