Skip to content
LAXMI SUNRISE BANK

सिधै हटाउन संविधानले नदिएपछि माओवादीका मन्त्रीलाई बिना बिभागीयमा सार्ने देउवाको तयारी

अर्थ सरोकार

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुलाई बिनाबिभागीयमा सार्ने तयारी सुरु गरेका छन् । शनिबार शपथ लिएका राप्रपाका उपप्रधानमन्त्री कमल थापासहित ४ मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिनको लागि यस्तो तयारी गरिएको बुझिएको छ ।
माओवादी केन्द्रका मन्त्रीहरुलाई सिधै हटाउन देउवालाई संवैधानिक अड्चनका कारण नमिल्ने भएपछी प्रधानमन्त्रीले यस्तो त्यारी गरेका हुन्।
माओवादी केन्द्रले आफ्नो पार्टीका मन्त्रीलाई एक दुई दिनभित्र सरकारबाट फिर्ता नबोलाए उनीहरुलाई बिनाबिभागीयमा सोरेर उपप्रधानमन्त्री थापासहित राप्रपाका चार मन्त्रीलाई मन्त्रालय तोक्ने तयारी भएको बालुवाटार स्रोतले जनायो । – एस काठमाडौँ 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK