
कास्की – कास्कीका एसपी अशोक सिंहले एक प्रहरी हवल्दार र दुई प्रहरी जवानलाई कुटपिट गरेका छन् । एसपी सिंहले पोखराको लेकसाइडमा रहेको पामे प्रहरी चौकीमा खटिएका प्रहरी हवल्दार सुरेशराम महर तथा प्रहरी जवानद्वय अरविन्द तिवारी र लालबहादुर थापालाई गएको शनिबार कुटेका हुन् । कुटपिटबाट तिवारीको दाहिने हातको बुढी औंलामा चोट लागेको छ ।
एक महिलाका कारण प्रहरी हवल्दार तथा जवानहरुले कुटाइ खाएको स्रोतले बताएको छ । घटनाको विवरण अनुसार चौकीका इञ्चार्ज असई जिलबहादुर भण्डारी आमा बिरामी भएर असोज २० गते शुक्रबार पर्वतमा रहेको घर गएका थिए ।
वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी निरीक्षक बसन्त शर्मासँग बिदा मागेर असई भण्डारी पर्वत गएपछि हवल्दार सुरेशराम महरलाई इञ्चार्जको जिम्मेवारी दिइएको थियो । त्यही दिन बेलुका विदेशीसँग विवाह गरेकी एक महिलाले रक्सी खाएर भाइको घरमा तोडफोड गरेकी थिइन् ।
घटनापछि दीपकले उनलाई डोरीले बाँधेर प्रहरीलाई खबर गरे । लगत्तै गएको प्रहरीको टोलीले बाँधेकी महिलालाई फुकाई दिनुका साथै अभद्र व्यवहार नगर्न भने । तर ती व्यक्तिले दिदीलाई एक–दुई झापड हानेर भएपनि सम्झाई दिन हवल्दार महरलाई आग्रह गरे । हवल्दार महरले महिलालाई कार्यालयमा ल्याएर एक–दुई झापड हाने ।
भोलिपल्ट आफूमाथि अभद्र व्यवहार भएको भन्दै महिलाले प्रहरीमा निवेदन दिइन् । लगतै एसपी सिंहले पामे प्रहरी चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर कुटपिट गरेका हुन् । एसपी सिंहले चाहिँ काम गर्ने क्रममा गलत गरेकाले झिकाएको तर नकुटेको बताएका छन् ।
घटनालगत्तै बिदामा गएका असई जिलबहादुर भण्डारीलाई समेत पर्वतबाट झिकाएर जिल्ला प्रहरी कार्यालयमा हाजिर गराइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्