×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणहिटीमा श्रीपेच कस्तो छ कसैलाई थाहा छैन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नारायणहिटीमा श्रीपेच कस्तो छ कसैलाई थाहा छैन

८ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नारायणहिटी संग्रहालयको शैलुन कक्षको बाकसमा राखिएको श्रीपेचको अवस्था कस्तो छ कसैलाई थाहा छैन । आजको नेपाल समाचारपत्रको प्रथम पृष्ठमा खबर छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते नारायणहिटी छाडेपछि कडा सुरक्षा घेराभित्र राखिएको श्रीपेच २०७१ चैतमा पछिल्लो पटक हेरिएको थियो ।
श्रीपेच कक्षको साँचो नारायणहिटी संग्रहालय विकास समितिको मातहतमा भए पनि श्रीपेच हेर्न छुट्टै समिति भएकाले समस्या आएको छ ।
संग्रहालय विकास समितिका प्रमुख रोहित ढुंगानाले भने,
-हामीले श्रीपेचको अवस्थाबारे जानकारी लिन आवश्यक ठानेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएका थियौं, तर अहिलेसम्म उत्तर आएको छैन ।
-श्रीपेचको अवस्थाबारे जानकारी लिन श्रीपेच रहेको कोठा कसले खोलेर हेर्ने भन्ने विषय नै अन्यौलमा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी