
भारत- भारतमा रही सिए अध्ययन गरिरहेका र नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल निकट विद्यार्थीहरुका विभिन्न संगठनले वाम एकता र एकीकृत पार्टी निर्माणका विषयमा भएको सहमतिको स्वागत गरेका छन् ।
अनेरास्ववियु सिएका अध्यक्ष सुधन महत , अखिल क्रान्तिकारी सिएका अध्यक्ष मदन बस्नेत र नयाँ शक्ति विद्यार्थी युनियन भारतका संयोजक बादल बस्नेतले आज एक बिज्ञप्ति जारी गर्दै बाम एकतालाई स्वागत गरेको बताएका छन् ।
यस्तो छ विज्ञप्ति
नेपालको राजनीतिक इतिहासमा वि.स. २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो। कम्युनिस्ट सिद्धान्तको व्यवहारिक प्रयोगका अनेकौँ शृंखलाहरु पार गर्ने क्रममा कम्युनिस्ट पार्टीहरू साध्य एक भएता पनि फरक-फरक धारको राजनीतिक यात्रामा क्रियाशील रहे।
मूलतः नेपाली राजनीतिक यात्रामा सैद्धान्तिक, व्यवहारिक र नीतिगत पाटोको नेतृत्व गरेका दुई ठुला पार्टी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) एवं नयाँ शक्ति पार्टी नेपालले एकिकरणको लक्ष्य सहित हालै सार्वजनिक गरेको तत्कालीन चुनावी तालमेल र दीर्घकालीन सहमतिको विषयले हामी प्रवासमा बसेर अध्ययन गरिरहेका सम्पूर्ण प्रगतिशील र अग्रगामी विधार्थीहरुलाई उत्साही तुल्याएको छ।
नेपाली कम्युनिस्ट आन्दोलन र यसका उपलब्धीहरुको संस्थागत रक्षा, विकास र संरक्षण गर्दै आर्थिक तथा कृषि क्रान्ति गर्दै अग्रगामी, प्रगतिशील, समानुपातिक समावेशी लोकतन्त्रको अभ्यासद्वारा सुशासन र सदाचारमा आधारित राज्यव्यवस्थाको जगमा समाजवाद हुदैं साम्यवादसम्मको महान् यात्रार्थ एक कम्युनिस्ट केन्द्र निर्माणको अभियानलाई हामी तिन विद्यार्थी सङ्गठन हार्दिक स्वागत गर्दछौँ।
यसले नेपाल बाहिर रहेर ज्ञान, सिप, शिक्षा तथा दक्षता हासिल गरिरहेका हामी जस्ता लाखौँ नेपाली विद्यार्थीहरुमा सुनौलो आशाको सञ्चार गरेको छ। नेपाल अब सम्पूर्णत: नवीन युगमा प्रवेश गर्नेछ भन्नेमा हामी विश्वस्त छौँ।
हामीहरू सम्पूर्ण रूपमा यस महान् कार्यमा सरिक भएको र छरिएर रहेका अन्य क्रान्तिकारी, वामपन्थी, प्रगतिशील, देशभक्त, जनवादी विद्यार्थीहरूलाई पनि साथ-साथै सरिक हुन हार्दिक अपिल गर्दैछौ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्