×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुगर मिलका कारण पाँच हजार उखु कृषक समस्यामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुगर मिलका कारण पाँच हजार उखु कृषक समस्यामा

८ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मोरङ र सुनसरीका पाँच हजार उखु कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा बेचेको उखुको रकम भुक्तानी नहुँदा जीविकोपार्जन गर्न समस्या भएको मोरङको कदमाहाका उखु किसान सन्तोष यादवले बताए ।
सुनसरीको बर्जु गाउँपालिका–५ मा अवस्थित इस्टर्न सुगर मिलले आव २०७३÷०७४ को कृषकले बेचेको करोडौँको उखुको भुक्तानी नदिएपछि उनिहरु आर्थिकरुपमा सास्ती व्यहोर्न बाध्य भएको किसानको गुनासो छ ।
सुनसरी, मोरङबाट आठ लाख २८ हजार ६४१ क्विन्टल उखु खरिद गरेको सुगर मिलले रु ४१ करोड दिनुपर्नेमा रु २३ करोड उपलब्ध गराएको र बाँकी रु १८ करोड नदिएपछि कृषक थप मर्कामा परेका हुन् ।
दशैँ र तिहारसम्ममा सबै पूँजी चुक्ता गर्ने भनेर सम्झौता भए पनि अहिलेसम्म मिलले कृषकको उखुको मूल्य नदिएकाले आन्दोलित हुनुपरेको उखु कृषक संघर्ष समितिका सचिव कमलप्रसाद कामतको भनाइ छ ।
गत वर्ष सुनसरी, मोरङका १० हजार उखु कृषकले उखुखेती गरेका थिए । यो वर्ष सुनसरी, मोरङका सात हजार कृषकले सात हजार बिगाहमा उखुखेती गरेका छन् । इस्टर्न सुगर मिलले समयमा भुक्तानी नदिएपछि उखुखेतीबाट कृषक पलायन हुदै गएको कामतले बताए ।
सुनसरीको बर्जु गाउँपालिकामा १८ बिगाहमा उखुखेती गर्दै आएका रमेश कामत मिलले समयमा भुक्तानी नगर्दा जीविकोपार्जन गर्न समस्या भएको बताए ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले कृषकको मर्काको विषयमा गम्भीर रहेको भन्दै छिटोभन्दा छिटो समस्या समाधानमा पहल गर्ने बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी