Skip to content
LAXMI SUNRISE BANK

८८ किलो सुन तस्करीः समानुपातिक सिफारिसमा परेका कांग्रेस नेता यसरी समातिए

अर्थ सरोकार

ठमेलमा फेला परेका तस्करीको ८८ किलो सुनको लगानीकर्तामध्येका मनबहादुर तामाङ पक्राउ परेका छन् । 
नेपाली कांग्रेसको समानुपातिकतर्फको टिकट लिन काठमाडौं आएका बेला उनी पक्राउ परेका हुन् । 
नेपाल – चीन केरुङ व्यापार संघको अध्यक्ष रहेका तामाङ महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो सुन फेला पारेपछि अर्धभुमिगत बनेका थिए । 
रसुवाको प्रादेशिक क्षेत्र नम्बर २ बाट कांग्रेसको समानुपातिक कोटामा पर्न काठमाडौं आएका उनी पार्टीले निर्वाचन आयोगमा उम्मेदवारको सुची बुझाएको भोलिपल्ट सोमबार पक्राउ परेका हुन् । 
महासाखाले केरुङ नाका हुँदै काठमाडौं भित्रिएको सुन भदौ १९ मा क्षेत्रपाटीबाट बरामद गरेको थियो । 
बा १७ च ६४२७ नम्बरको गाडीसहित महाशाखाले मनोज अधिकारीलाई पक्राउ गरेपछि तस्करीमा सक्रिय जालोबारे खुलेको थियो ।, यो खबर आजको नागरिक दैनिकमा छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK