Skip to content
LAXMI SUNRISE BANK

उद्योगपति केसी कांग्रेसमा प्रबेश गर्दै

अर्थ सरोकार

पोखरेली उद्योगपति तथा समाजसेवी पुर्व सांसद समेत रहेका सुर्य बहादुर केसी नेपाली कांग्रेसमा प्रबेश गर्ने भएका छन । विहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी केसीले कांग्रेसमा प्रबेश गर्ने तयारी गरेको बताएका हुन ।
उनले भने “ मुलुक अत्यन्त कठिन अबस्थामा छ, अनिर्णयको बन्दि भयर बस्न मन लागेन, द्धन्द्धकालमा १४ हजार बढी मान्छे मारेको पार्टी माओबादीसंग एमालेले बाम एकता गरेसंगै कांग्रेसमा प्रबेश गर्ने तयारी गर्दै हाल छलफलमा रहेको छु, । ”
राप्रपाका पुर्व नेता समेत रहेका केसी केहि बर्ष देखि पार्टी परित्याग गरी स्वतन्त्र ढंगले बसेका थिए । भित्रभित्रै एमालेलाई सघाउदै आए पनि एमाले माओबादी गठवन्दनमा गए पछि समयको माग अनुसार आफु कांग्रेस पार्टीमा प्रबेशको तयारी गरेको उनले जनाए ।
आफु एक उद्योग पति भएको उल्लेख गर्दै केसीले आफुले धेरै सोच विचार गरी प्रजातन्त्र, मौलिक अधिकार, मानव अधिकार, निजी सम्पतिको अधिकार लगायतका अधिकारको संरक्षणको लागि पनि हाल आफु कांग्रेस समर्थित हुन पुगेको बताए । सनातन धर्म सहितको हिन्दु धर्मको मुद्धा समेत आफुले उठाउदै अघि बढेको बताएका केसीले अबको समय आर्थिक समृद्धिको भएकोले देशको युवा शक्तिलाई स्वदेशमै परिचालन गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका अध्यक्ष कृष्ण केसी सहित कांग्रेस नेताहरुको समेत सहभागिता रहेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK