
- शेष मणि दाहाल
आयकर ऐन, २०५८ अनुसार हरेक करदाताले अघिल्लो आय बर्षमा भएको कारोबारको आय विवरण आश्विन मसान्तसम्म कर कार्यालयमा बुझाउनुपर्ने व्यबस्था रहेको छ । सो म्याद भित्र आय विवरण बुझाउन नभ्याउने करदाताको हकमा भने, आश्विन मसान्त भित्र नै कर अधिकृतको अग्रिम स्विकृति लिएर सो आय विवरण बुझाउने म्याद पौष मसान्तसम्म थप गर्न पाईने कानुनी व्यबस्था रहेको छ ।
सामान्यतयाः हाल कर कार्यालयले कागजमा लेखेर म्याद थप गर्न पेश गरेको निवेदन स्विकार गर्न छोडिसकेको छ । यसको लागि अनिबार्य रुपले अनलाईनबाट निबेदन पेश गर्नुपर्ने हुन्छ । यस लेखमा हामी सो निवेदन कसरी पेश गर्ने भन्नेबारे प्रकृयागत रुपमा उल्लेख गर्नेछौं ।
सर्बप्रथम आन्तरीक राजस्व विभागको वेवसाईट www.ird.gov.np मा जानुहोस् । तपाइले निम्न किसिमको पेज देख्नुहुन्छ । त्यसपछि, बिचमा रहेको Taxpayer Portal मा क्लिक गर्नुहोस ।

Taxpayer Portal क्लिक गरिसकेपछी तपाइ निम्न बमोजिमको पेजमा प्रवेश गर्नुहुनेछ । त्यस पेजको छेउ मा रहेको General मा रहेको Taxpayer Login मा क्लिक गर्नुहोस ।

त्यसपछि, माथि देखाएझैँ पेज खुल्नेछ । अब तपाइले कर कार्यालयबाट उपलब्ध गराएको Username र Password हालेर आफ्नो करको एकाउन्ट खोल्न सक्नुहुन्छ । यो username र password लिन कर कार्यालयमा नै सम्पर्क राख्नु पर्ने हुन्छ । यदि तपाई भ्याटमा दर्ता हुनुहुन्छ भने पक्कै पनि तपाइले यो username र password लिसकेको हुनुपर्छ ।

अब तपाइले फोटोमा देखाए झैँ Request For Filling Date Extension मा क्लिक गर्नु पर्ने हुन्छ । तपाइले चित्रमा Request For Filling Date Extension मा क्लिक गरेपछी निम्न बमोजिमको पेज खुल्छ ।

अब फोटोमा देखाएजस्तै गरि, आर्थिक बर्ष २०७३.७४ हाल्नुहोस । बढाउनु पर्ने मिति, कहिले सम्म चाहिने हो, सो भर्नु होस्, तर याद राख्नुहोस् यो मिति पौष मसान्तभन्दा उता हुनु हुदैन र त्यसपछी बढाउनु पर्ने कारण के हो, सो पनि उल्लेख गर्न नाभुल्ल्नु होला । यहि कारणको आधारमा कर अधिकृतले तपाईको म्याद थप गर्ने नगर्ने निर्णय लिन सक्छन ।
त्यपछि क्रमश:, Save Bottom, Submit Bottom र Print Bottom थिच्नुहोस र सो कागजलाइ प्रिन्ट गर्नुहोस । सो प्रिन्ट गरेको कागज बोकेर सम्बन्धित कर कार्यालय गएर पेश गर्नुहोस । कर अधिकृतले सिस्टममा Verify गरिसके पछी तपाईको आय विवरण बुझाउने म्याद थप भयो । याद गर्नुहोस, यो म्याद थप भनेको आय विवरण अर्थात् कागजात बुझाउने म्यादमात्र थप गरिएको हो, कर बुझाउने म्याद थप गरिएको होइन । त्यसकारण, समयमा कर नतिरेमा लाग्ने जरिवाना बाट म्याद थप गरेकै आधारमा तपाई बच्न सक्नुहुन्न ।
(लेखक चार्टड एकाउन्टेन्ट हुन् । यो लेख उनको ब्लगबाट लिइएको हो । )
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्