
काठमाडौं । आफ्ना खराब काममा पर्दा हाल्नका लागि पैसा र गुन्डाका भरमा राजनीतिमा खुट्टा राख्ने कम छैनन् । प्रायः जसो दलमा यस्ता सदस्यको कमी छैन । कांग्रेस, माओवादी र एमालेको यो छहारीमा गुन्डा संस्कृतिको बढावा राजनीतिक संक्रमणका क्रममा भएका थिए । यद्यपि, कतिपय राजनीतिक दलको छहारी कमजोर हुन पर्दाको कारणले कुमार घैंटे, दिने अधिकारी चरीको हविगतमा पनि पुगेका छन् ।
जीवनको उत्तरार्धतिरको यात्रालाई राजनीतिमय बनाउनकै लागि सक्रिय केही गुन्डा नाइकेको भने सपनामा तुसारापात भएको छ । मध्ययुगीन भारतीय गुन्डाशैलीको राजनीतिकरणमा उदाउने सपना देख्दा देख्दै मारिएका सुल्तान मिर्जाको कथा अलग छ । राजनीतिमा प्रभावकारी काम गर्नका लागि उही सुल्तान मिर्जाजस्तो बन्न खोज्ने गुन्डा नाइके राजीव गुरूङ (दिपक मनागे)लाई भने सम्बन्धित पार्टीले लोप्पा खुवाएको छ ।
राप्रपामा छिरेर राजनीतिक बचाऊका लागि ठूलो छहारी खोज्दै मनाङको राप्रपालाई नै एमालेमा विलय गराएर प्रदेशसभा ‘ख’को सर्वसम्मत उम्मेदवार सिफारिसमा परि चुनावमा होमिन खोजेका मनाङेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले लोप्पा खुवाएका हुन् । उता राप्रपाका सवै एमाले बनाएका मनाङे सांसद बन्ने रहर चुर्लुम्म भयो । बरू मनाङेलाई लोप्पा खुवाएर एमालेले उनैको दलकी एकजना महिलालाई प्रदेश सभाको टिकट दिएको छ ।
मनाङ ‘ख’का लागि प्रदेश सभा उम्मेदवारमा सिफारिस परेका दिपक मनाङेको नाम काटेर खण्डा लामा गुरूङलाई उम्मेदवार तय गरेको छ । एमाले स्थायी कमिटिले मनाङेको विकल्पमा उम्मेदवार तय गरेको थियो । जिल्लाबाट सर्वसम्मत रूपमा आए पनि र जित्ने निश्चित हुँदा हुँदै पनि एक सिटका कारण देशभर एमालेको बद्नाम हुने भन्दै शीर्ष नेताहरूले दीपक मनाङेलाई टिकट नदिने निर्णय गरेको थियो । एमालेमा गुन्डाहरूको विगविगि भएको भन्दै कांग्रेसले चुनावी सभामा उपयोग गर्ने भएपछि एमालेले यो ठूलो निर्णय लिएको हो । त्यसो त मनाङेलाई टिकट नदिनका लागि ठूलो दबाब नेता माधवकुमार नेपालको पनि रहेको थियो ।
यता, मनाङे भने एमालेको बागी उम्मेदवार भएर चुनावको तयारीमा रहेका छन् । मनाङेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । एमालेको बागी भएर राजनीतिक जीवन सुरू गर्न लागेका मनाङेले मनाङको मत पाउलान् कि काशीतिर धाउलान् भन्ने चासो बनेको छ । जनप्रहार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्