
काठमाडौँ – चालकहरूसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधाबार निलम्बन गरेको हो।
निलम्बनमा पर्नेमा असई चूणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बाँस्तोला छन्। उनीहरू तीनैजना रंगेहात घुससहित पक्राउ परेका हुन्।
थानकोट तथा नागढुंगा क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीविरुद्ध उजुरी आएपछि ट्राफिक महाशाखाका डिआइजी सर्वेन्द्र खनालले महाशाखाबाट सादा पोसाकमा छड्के पठाएका थिए।
त्यस क्रममा चालकहरूसँग लिएको घुस रकमसहित उनीहरू पक्राउ परेका थिए। महाशाखाले निलम्बनमा गरी उनीहरूमाथि कारबाही अघि बढाएको छ।
यो घटनापछि नागढुंगा र थानकोट प्रभागमा कार्यरत सबै ट्राफिक प्रहरीलाई महाशाखाले तानेको छ। इन्चार्जसहित नागढुंगामा कार्यरत १६, थानकोटमा कार्यरत १५ जनालाई महाशाखामा सरुवा गरिएको हो।
त्यस्तै, कलंकी प्रभागमा कार्यरत नौजना ट्राफिक पनि महाशाखामा तानिएका छन्। लामो समयदेखि कार्यरत ट्राफिक प्रहरीलाई बदमासीको आशंकामा महाशाखाले तानेको हो।
ट्राफिक प्रहरीमा नागढुंगा र थानकोटमा सरुवाका लागि धेरै सोर्सफोर्स चल्ने गरेको छ। धेरै सोर्सफोर्स आएपछि नै वास्तविकता बुझन् डिआइजी खनालले अनुसन्धान गरी कारबाही सुरु गरेका हुन्। कान्तिपुरमा खबर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्