×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकारपनि झुक्कीन थाले, कमल थापा र रामचन्द्र पौडेलपनि बनाइए एमाले !

PRIME CA
GLOBAL IME BANK

पत्रकारपनि झुक्कीन थाले, कमल थापा र रामचन्द्र पौडेलपनि बनाइए एमाले !

२८ आश्विन २०७४, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – देशमा बाम शक्तिहरु मिल्ने चर्चा भइरहेका बेला देशका विभिन्न टेलिभिजनहरुमा पनि ‘रमाइलो’ देखिन थालेको छ । एमाले बाहेक देशमा पार्टी नै छैन जसरी राप्रपाका नेता देखि कांग्रेसी नेतासम्मलाई विभिन्न टेलिभिजनहरुले एमाले बनाइदिएको छ । यसैबीच कमल थापालाई एमाले अध्यक्ष र रामचन्द्र पौडेललाई एमालेको बरिष्ट नेता भनी दुइ टेलिभिजनले प्रशारण गरेपछि अहिले सामाजिक संजालमा केहि तस्विर चर्चाको विषय बनेको छ ।  
सगरमाथा टेलिभिजनले कमल थापालाई एमालेको अध्यक्ष भन्दै प्रशारण गरेपछि एक दर्शकले उक्त फोटो फेसबुकमा पोष्ट गरिदिंदा अहिले यो तास्विर भाइरल बनेको छ ।
यस्तै कालिका टिभीले रामचन्द्र पौडेललाइ एमालेका बरिष्ट नेता भन्दै प्रशारण गरेपछि उक्त तस्विर पनि सामाजिक संजालमा भाइरल भएको छ ।
यद्यपी यस्ता गल्तीहरु पटक पटक विभिन्न टेलिभिजनमा हुने गरेका थिए । तर बाम एकताको कुरा निस्किएपछी यी विषयले सामाजिक संजालमा समेत स्थान पाउन थालेका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: