×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानो पार्टीको नेताभन्दा ठुलो पार्टीको कार्यकर्ता बन्न एमाले प्रवेश गरेँः निवर्तमान उपसभामुख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सानो पार्टीको नेताभन्दा ठुलो पार्टीको कार्यकर्ता बन्न एमाले प्रवेश गरेँः निवर्तमान उपसभामुख

Artha Sarokar

२९ आश्विन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – राप्रपा नेता तथा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर यादवले एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् ।
बालकोटमा आयोजित पत्रकार सम्मेलनमा यादवले सानो पार्टीको नेता बन्नुभन्दा ठुलो पार्टीको कार्यकर्ता बन्न एमालेमा प्रवेश गरेको बताए । ‘साना साना पार्टीमा लागेर देशको हित हुँदैन भन्ने मैले बुझे, त्यही भएर ठुलो पार्टी एमालेमा प्रवेश गर्ने निर्णय गरेँ, यादवले भने ।
यादव राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता पनि हुन् । २०४८ सालमा राप्रपा गठन हुँदा उनी केन्द्रीय सदस्य थिए । राप्रपाबाटै समानुपातिक सांसद र उपसभामुख बनेका यादव एमालेमा प्रवेश गरेका छन् ।
यादवसँगै पूर्वजनमुक्ति सेनाका केही नेताहरु पनि एमालेमा प्रवेश गरेको एमाले अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले बताए । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी