×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कन्सेप्ट चोरी र ‘स्किम ट्वीस्ट’ पछी निम्तिएको शिवम् र युनाइटेडको ‘ब्राण्ड टसल’ : ‘जो चोर उसकै ठुलो स्वर !’

PRIME CA

कन्सेप्ट चोरी र ‘स्किम ट्वीस्ट’ पछी निम्तिएको शिवम् र युनाइटेडको ‘ब्राण्ड टसल’ : ‘जो चोर उसकै ठुलो स्वर !’

७ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: < ४ मिनेट

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ- आफ्ना ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न कम्पनीहरुले समय-समयमा विभिन्नखाले ‘स्किम’ ल्याउँछन् । त्यसमाथि आफ्नो प्रतिष्पर्धीले कस्तो ‘स्किम’ ल्यायो र त्यसले बजारमा कस्तो असर गर्छ भन्ने अर्को महत्वपूर्ण कुरा हो । तर प्रतिष्पर्धीले जे गर्यो, त्यहि गर्नु पर्ने वा अरुका स्किम ‘कन्सेप्ट’ चोरेर बजारमा ठुलो हुन खोज्नेको पनि कमी छैन नेपालमा । हुन त कसेप्ट चोरी नेपालमा मात्र होइन अन्य देशमा पनि टाउको दुखाइकै विषय बन्ने गरेको छ । तर नेपालमा भने ‘दरिद्र’ मानसिकताबाटनै अरुका कन्सेप्ट चोरी हुने गरेको छ । त्यसले ती कम्पनीहरुबीच आरोप- प्रत्यारोप निम्त्याएको छ । यसैको पछील्लो उदाहरण हो शिवम् सिमेन्ट र युनाईटेड सिमेन्टको ‘ब्राण्ड टसल’ ।
शिवम् को ‘२० बराबर १’ र युनाइटेडको १५ बराबर १’ !
युनाईटेड सिमेन्ट र शिवम् सिमेन्ट दुबैले करिव ३ महिना अघि सुरु गरेको क्याम्पियनमा शिवम् सिमेन्टले २० बोरा सिमेन्ट किन्दा १ बोरा सिमेन्ट सित्तैमा दिएको छ भने युनाइटेड सिमेन्टले १५ बोरा बराबर १ बोरा सिमेन्ट सित्तैमा दिएको छ । केहि समयपछि बन्द हुन लागेको यो क्याम्पियनका बारेमा पछिल्लोपटक नेपाली मिडियाहरु पनि निकै चर्चा परिचर्चा हुने गरेको छ । क्याम्पियन ‘लन्च’ भएदेखिनै राष्ट्रिय दैनिकहरु ज्याकेट कभरमय भएका थिए भने ती ज्याकेटहरु शिवम् र युनाईटेडमय भएका थिए । सिमेन्ट उद्योगमै पनि पछिल्लो समय धेरैको चर्चाको विषय बनेको छ शिवम् र युनाइटेडको स्किम प्रकरण ।
यसरी निम्तियो ब्राण्ड टसल !
केहि बोरा सिमेन्टवापत एक बोरा सिमेन्ट सित्तैमा दिने कन्सेप्ट युनाइटेड सिमेन्टको थियो । उसले पनि सुरुमा २० बराबर १ बोरा सिमेन्ट सित्तैमा दिने क्याम्पियनको योजना बनाएको थियो । सोहि योजना अनुरुप कम्पनीले डिजाइन पनि बनायो । र केहि दिन अगाडीबाटनै कान्तिपुर दैनिकमा असार १५ गतेका लागि ज्याकेटक कभर विज्ञापनका लागि स्पेस ‘बुक’ गरायो । तर यो सुचना शिवम् सिमेन्टसम्म पुगेपछि शिवम् मा छटपटी भयो । र उसले पनि २० बोरा बराबर १ बोरा सित्तैमा दिने भन्ने क्याम्पियन लन्च गर्ने योजना रातारात बनायो । बेला बेलामा कान्तिपुरबाट आफ्नो कम्पनीमा छापा हानेको समाचार हटाउन समेत सफल भएका शिवम् सिमेन्टका ब्रान्ड मेनेजर केशव अर्यालले असार १५ गतेका दिन युनाइटेडले बुक गरेको स्पेस आफुलाई दिन खुब लविङ गरे । तर उनी सफल नभएपछी उनले पुन: युनाइटेडको कन्सेप्टलाई आफुले जस लिन असार १४ गते नै २० बोरा बराबर १ बोरा सिमेन्ट सित्तैमा दिने भनेर प्रेस रिलिज विभिन्न मिडियामा पठायो । र असार १५ गते अन्य पत्रिकाको ज्याकेट कभर बुक गरायो । 
कान्तिपुरको ज्याकेट कभर बुक गरिसकेको युनाइटेडलाई अव अर्को समस्या भयो । आफुले ल्याएको क्याम्पियन अरुले चोरिसकेको थाहापाएपछि युनाइटेड तनावमा रह्यो । तर यसै प्रतिष्पर्धा, उसै प्रतिष्पर्धा, उ आफ्नो कन्सेप्टमा अडिक रह्यो । तर क्याम्पियनलाई केहि ‘ट्वीस्ट’ गर्ने भयो । उसले रातारात १५ बोरा बराबर १ बोरा सित्तैमा भनेर ज्याकेट कभर निकाल्ने भन्दै विज्ञापन तयारी गर्यो । भोलिपल्ट कान्तिपुरमा युनाइटेड सिमेन्ट १५ बोरा बराबर १ बोरा सित्तैमा र अन्य पत्रिकामा शिवम् सिमेन्ट २० बोरा बराबर १ बोरा सित्तैमा भन्ने विज्ञापन आयो । त्यस्तै अर्को दिन अर्थात असार १६ गते फेरि कान्तिपुरमा शिवम् सिमेन्टको २० बोरा बराबर १ बोरा सिमेन्ट सित्तैमा भन्ने विज्ञापन देखियो भने अरु पत्रिकामा युनाइटेडको १५ बोरा सिमेन्ट बराबर १ बोरा सिमेन्ट सित्तैमा भन्ने ज्याकेट विज्ञापन नै आयो । त्यसपछि त चर्चा सुरु हुने नै भयो ब्राण्ड टसलको ।
टसल दुइ ब्राण्डको, फाइदा मिडिया र उपभोक्तालाई 
हुन त शिवम् सिमेन्ट कम तौल भएको र जनता ठग्ने सिमेन्ट भनेर कहलिएको सिमेन्ट हो । २० बोरा बराबर १ बोरा सिमेन्ट सित्तैमा दिंदा पनि त्यसको फाइदा कान्तिपुर लगायतका केहि ठुला मिडियाहरुलाई बाहेक कसैलाई परेन । ब्रान्ड टसलकै कारण उपभोक्ताले १५ बोरा युनाइटेड सिमेन्ट किन्दा एक बोरा सिमेन्ट सित्तैमा पाए । यहि टसलकै कारण कान्तिपुर बाहेकका अन्य पत्रिकाहरुले पनि ज्याकेट कभरको नयाँ स्वाद पाए । यसले समग्र उपभोक्ता र मिडियालाई फाइदा भयो । तर यस्तो टसलले कुन सिमेन्टलाई कता पुर्याउला भन्ने बहस भने सुरु भएको छ । तर ‘टसल’ कै नाममा भएपनि यो ब्रान्ड टसलबाट धेरैलाई फाइदा भने पक्कै भएको छ ।
जो चोर उसैको ठुलो स्वर !
अरुको स्किम चोरेर बजारमा ‘हिरो’ हुन खोजेको शिवम् सिमेन्ट अन्तत ‘जिरो’ भएपछी शिवम् का ब्राण्ड मेनेजर अनेकौं आरोप प्रत्यारोप गर्दै हिंडेका छन् । उनका फेसबुकका वालहरुमा घुमाउरो पाराले युनाइटेड प्रतिको व्यंग्य पटकपटक पोखिने गरेको छ । उनी आफ्नो सिमेन्ट बजारमा ‘लिडर’ भएको दावी गर्छन् । तर शिवम् सिमेन्टले जनता ठगेको र ठगीरहेको तथ्य सार्वजनिक भएपनि सिमेन्टको सेल्स घटेको मतलव उनले राखेका छैनन् । नेपाली बजारमा निकै शालीन व्यक्तिका रुपमा चिनिने तर भित्रभित्रै खुब खुरापाती गर्ने उनी केहि ठुला मिडियामा आएका समाचार रोकाउन र हटाउन दुवै काममा सफल मानिएका छन् । तर पछिल्लो समय उनले दिएका अभिव्यक्तिले शिवम् सिमेन्ट कति गलत थियो भन्ने कुरा पनि स्पष्ट पारेको छ । यता युनाइटेड सिमेन्टका ब्राण्ड एण्ड प्रमोसन विभागका सुवास खतिवडा भने उक्त कन्सेप्ट आफ्नो भएको स्पष्ट दावी गर्छन् । यद्यपी उनले शिवम् को उछितो खन्ने, अरुलाई नराम्रो भन्ने काम गरेका छैनन् ।

ब्राण्ड टसलले व्यक्तिगत सम्बन्ध पनि बिग्रियो, शिवम् र युनाइटेडका ब्राण्ड अफिसरको बोलचाल नै बन्द !
यसो त बजारमा केहि समय अघिसम्म मिडिया फ्रेन्ड्ली भनेर चिनिने र पछिल्लो समय आफुले पाएको त्यो इज्जतको खुब विपरित मिडियालाई पर राख्न खोज्ने र ठुला मिडिया मात्र मिडिया हुन् भनेर सम्झने, व्यक्तिका रुपमा चर्चित शिवम् सिमेन्टका ब्राण्ड अफिसर केशव अर्याल र युनाइटेड सिमेन्टका ब्राण्ड अफिसर सुवास खतिवडा बीच बोलचाल नै बन्द भएको छ । केशव अर्यालले फेसबुकमा राखेको स्ट्याटसमा सुवासखतिवडाले कमेन्ट गरेपछि अहिले उनीहरु बीच बोलचाल नै बन्द भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: