
सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान र कर्मचारी संचय कोषमा प्रशासक पदका लागि जागिर खुलेको छ । सरकारले कर्मचारी संचय कोषका प्रमुखको पदका लागि करारमा ५ वर्ष र बीमा संस्थानको लागि चार बर्षको नियुक्त गर्ने प्रावधानअनुसार आवेदन माग गरिएको हो ।
बीमा संस्थानको प्रशासकको लागि आवेदन दिनका लागि बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, बाणिज्यशास्त्र, कानून, गणित, तथ्यांकशास्त्र वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको वा स्नातक उत्तीर्ण चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको योग्यता हासिल गरी व्यवस्थापकिय तहमा कम्तीमा ५ वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ ।
त्यसैगरि संचय कोषको प्रशासकको लागि कम्तीमा नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी, बैंक, वित्तीय संस्था, कम्पनी, फर्म उद्योग वा त्यस्तै अन्य सरकारी वा गैह्रसरकारी संस्था, नेपालस्थित कुटनैतिक नियोग र अन्तराष्ट्रिय संस्थामा अधिकृत प्रथम श्रेणी वा दशैं तह वा सो सरहको पदमा कार्यारत कोषमा रकम जम्मा गराउने संचयकर्ता कर्मचारी हुनपर्नेछ । कोषको प्रशासक हुनका लागी अर्थशास्त्र, व्यवस्थापन, आर्थिक, बैंकिङ्ग, वित्तीय, बाणिज्य वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी व्यवस्थापकिय तहमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको हुनुपर्ने न्यूनतम योग्यता तोकिएको छ ।
आव्हान गरिएका दूवै पदका लागि उम्मेदवारहरुले आफ्नो व्यवसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने बताइएको छ । सूचनाअनुसार सो पदमा आवेदन दिन चाहने उम्मेदवारले ३ हजार रुपैयाँ राजस्व तिरेर आवेदन दिन सक्ने छन् । सो पदमा आवेदन दिनका लागि समितिले १५ दिनको समय तोकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्