
कैलाली – नेपाली कांग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले आफू सुदूरपश्चिमकी बुहारी भएकोले कैलालीमा निर्वाचन क्षेत्र रोजेको बताएकी छन् । उनले कैलालीसहित प्रदेश नम्बर ७ (सुदूरपश्चिम)को समग्र विकासलाई पहिलो प्राथमिकता बनाएकोले यहीबाट चुनाव लडेको बताइन् ।
‘मलाई काठमाण्डु, बाँके, बर्दिया सहित धेरै ठाउँबाट चुनाव लड्न अनुरोध आएका थिए’, डा. राणाले भनिन्, ‘तर मैले कैलालीको यो क्षेत्र रोजे ।’ क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर देउवाले मंगलबार धनगढी उपमहानगरपालिको वडा नम्बर ३ का बडहरा, विशालनगर, मसानटोल, चटकपुर लगायतका स्थानमा घरदैलौ र चुनावी सभा सम्पन्न गरिन् ।
चुनावी सभाहरुमा उनले आफूलाई सुदूरपश्चिमका समस्या र अवस्थाबारे राम्रो ज्ञान रहेको दावी गर्दै भनिन्, ‘यहाँको तीब्र आर्थिक सामाजिक विकासको अठोट सहित म चुनावमा होमिएकी छु । यो क्षेत्र पिछडिएको क्षेत्रको रुपमा अब रहदैन ।’
उनले कांग्रेसले नै सुदूरपश्चिमलाई राजधानीसंग प्रत्यक्ष सम्पर्क स्थापित गराएको चर्चा गरिन् ।
‘२२ पुलको निर्माणपछि नै सुदूरपश्चिमको राजधानीसंग प्रत्यक्ष सम्पर्क स्थापित भएको हो’ उनले भनिन्, ‘सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, मेडिकल कलेज, गेटा विमानस्थलको विस्तार लगायतका कार्य का“ग्रेस नेतृत्वको सरकारका कारण मात्रै सम्भव भएको हो ।’
नेतृ देउवाले पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर आयोजना, दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, गेटा विमानस्थलको स्तरोन्नती, गौरिफन्टा नाको स्तरोन्नत, एक वर्षभित्र पोलिक्लिनिक इन्स्टिच्युटको स्थापना, विशेष औद्योगिक क्षेत्र लगायत सुुदूरपश्चिमको तीब्र आर्थिक विकासका प्रमुख आधारका रूपमा रहेका योजनाहरू कांग्रेसले नै अघि बढाउने उल्लेख गरिन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले लोकतन्त्रको स्थापना, संविधान सभाबाट संविधानको निर्माणको नेतृत्व गरेको कांग्रेसले संविधानको पूर्ण कार्यान्वयन तथा मुलुकको द्रुत आर्थिक विकास पनि कांग्रेसले नै गर्ने दावी गरिन् ।
चुनावी सभामा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, वडा सभापति दिपेन्द्रबहादुर सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए । – काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्