×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेलायत पुगेर महालेखा परीक्षकले भने, ‘नेपालमा एसीसीएले खेलेको भूमिका प्रशंसनीय’

PRIME CA
GLOBAL IME BANK

बेलायत पुगेर महालेखा परीक्षकले भने, ‘नेपालमा एसीसीएले खेलेको भूमिका प्रशंसनीय’

६ मंसिर २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एसीसीएले नेपालको समेत प्रतिनिधि बोलाएर बेलायतमा एक भव्य कन्फेरेन्सको आयोजना गरेको छ । सवल नियमनले आत्मविश्वासलाई प्रसय दिन्छ र लेखा व्यवसायलाई पनि त्यसले फाइदा पुर्याउँछ भन्ने मुख्य विषय रहेको उक्त कन्फेरेन्समा नेपालको समेत प्रतिनिधित्व भएको हो । नेपालका तर्फबाट महालेखा परीक्षक उक्त कार्यक्रममा सहभागी भएका थिए ।
विभिन्न देशका उच्च पदस्त अधिकारीहरु सम्मिलित उक्त कार्यक्रममा नेपालका महालेखापरीक्षक टंकमणि शर्माले आफ्ना भनाइहरु समेत राखेका थिए । कार्यक्रममा बोल्दै उनले नेपालमा एसीसीएको भूमिकाका प्रति प्रशंसा पनि गरेका थिए । उनले कन्फेरेन्समा बोल्दै नेपालमा एसीसीएको अझै बलियो सहभागीता भए त्यसले नपालको समग्र व्यवसायलाई नै फाइदा पुग्ने बताए । 
कार्यक्रममा सवल नियमनको आवश्यकता र महत्वबारे विभिन्न देशबाट आएका उच्च पदस्त अधिकारीहरुले प्रकाश पारेका थिए । कार्यक्रममा विभिन्न देशको लेखा व्यवसायका समस्या र समाधानका उपायहरु बारेसमेत चर्चा गरिएको थियो । उक्त कार्यक्रममा उपस्थित विभिन्न देशका उच्च पदस्त अधिकारीहरुले लेखा व्यवसाय र समग्र व्यवसायको व्यवस्थापनका लागि एसीसीएले खेलेको भूमिका निकै महत्वपूर्ण भएको समेत बताएका थिए।
एसीसीएको निमन्त्रणामा महालेखा परीक्षक शर्मा बेलायत पुगेका थिए । एसीसीए विश्वका १८० भन्दा बढी देशहरुमा आफ्नो सम्मानजनक उपस्थिति देखाएको प्रोफेसनल संस्था हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: