×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धुलीको तर्केनीवशीमा जिप खस्यो, चार जनाको घटनास्थलमै ज्यान गयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिन्धुलीको तर्केनीवशीमा जिप खस्यो, चार जनाको घटनास्थलमै ज्यान गयो

२० कार्तिक २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिका ४ को तर्केनीवशीमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । आइतबार राति बा ७ च ३६९५ बोलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पिक्कल ४ का ४० वर्षीय अमरबहादुर दर्लामी, अन्दाजी सोही उमेरका रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखी रहेको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका ४१ वर्षीय धनबहादुर मगरको ललिपुरस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
सामान्य घाइते ६ जनाको गोलन्जोर गाउपालिका खुर्कोट अस्पतालमा उपचार भइरहेको छ । चालक यज्ञबहादुर रानामगरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी