Skip to content
LAXMI SUNRISE BANK

मतदान बदर गर्न प्रचार गर्ने सिके राउतका कार्यकर्ता पक्राउ

अर्थ सरोकार

राजविराज – स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ बस्ने ज्ञानेन्द्र खड्गा रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए ।
राजविराज–७ स्थित शिवमन्दिर परिसरमा मधेश गठबन्धनले आयोजना गरेको चुनावी सभामा उपस्थित जनसमुदायलाई मतपत्रको कोठा बाहिर मतदान गर भन्ने सिके राउतको प्रर्चाको वितरण गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK