
गोरखा – लोकतान्त्रिक गठबन्धनबाट गोरखा–२ का उम्मेदवार तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पक्षमा भोट माग्न नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलदेखि केन्द्रीय सदस्य गगन थापासम्मलाई गोरखामा उतार्ने भएका छन् ।
मंसीर २ गते पालुङटारमा नेपाली कांग्रेस र नयाँ शक्तिले संयुक्त रुपमा आयोजना गरेको चुनावी आमसभालाई पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै मंसीर ४ गते क्षेत्र नं। १ को आरुघाट बजार र क्षेत्र नं. २ को भच्चेक बजारमा हुने सभामा कांग्रेस केन्द्रीय सदस्य थापा र बालकृष्ण खाँणले सम्बोधन गर्दैछन् ।
यसका अलवा गोरखा–१ मा चीनकाजी श्रेष्ठलाई भोट माग्न नयाँ शक्ति पार्टीका संयोजक भट्टराई पनि मंसीर ४ मा आरुघाट जाँदैछन् ।
गोरखाका छ वटा सिटमध्ये नयाँ शक्तिलाई दुई वटा दिएर कांग्रेसले चार वटा सिट लिएको छ । गोरखा–१ मा चीनकाजी श्रेष्ठ र दुवै प्रदेशमा कांग्रेसका धिरन थापा, राजेन्द्र बजगाइँ उम्मेदवार छन् ।
साथै गोरखा–२ प्रतिनिसभा भट्टराई र प्रदेशसभा (क) मा नयाँ शक्तिका हरिशरण आचार्य उम्मेदवार छन् भने प्रदेशसभा (ख) मा कांग्रेसका प्रकाशचन्द्र दवाडी छन् ।
कांग्रेसलाई नयाँ शक्तिले र नयाँ शक्तिका उमेद्वारलाई कांग्रेसले सघाउने सहमतिसाथ लोकतान्त्रिक गठबन्धन बनेको हो ।
यसअघि गोरखा २ मा बाम गठबन्धनका उमेद्वार नारायणकाजी श्रेष्ठ, कमला नहर्की, अमर तमु र १ का उम्मेदवार हरिराज अधिकारी, लेखबहादुर थापा, रामशरण बस्नेतलगायतलाई भोट माग्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भच्चेक, पालुङटार, घैरुङ र आरुघाटमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गरेर फर्किसकेका छन् । – काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्