
गोरखा – चुनावको मुखैमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको जिल्लामा दुखद घटना घटेको छ । गोरखा चुम नुब्री गाउँपालिका ६ चुम्चेतमा २६ बर्षिया कुन्साङ देवी लामाको निर्मम तथा क्रुरता पुर्वक हत्या भएको छ ।
यहि कात्तिक १८ गते रातिको समय पारि श्रीमान जंगल गएको बेला पारी ५ जना युवाहरुको समूहले घाटिमा धारिलो हतियार प्रयोग गरि २६ बर्षिया कुन्साङ देवी लामाको हत्या भएको हो ।
गोर्खाको अति दुर्गम र अहिंशक क्षेत्रमा मानिसको हत्या हुनुले सम्पूर्ण चुमबासीहरु मर्महात तथा शोकाकूल भएका छ। आर्थिक अवस्था निकै नै कमजोर कुन्साङ धिकी र दोर्जे छेवाङ चुम्चेत गाउँमा सामान्य किराना पसल चलाई जीवन गुजारा गरिरहेका थिए।
कुन्साङ धिकीका ३ महिने नाबालक पासाङ छेन्जोम् त्यस कालोरातबाट बच्न सफल भएको छ भने २ वर्षका निमा दोर्जे र ५ बर्षीय रिन्जीन ढोल्मा छिमेकीको घरमा बसेर त्यस घटनाबाट जोगिएका हुन् ।
कुन्साङ धिकीको क्षीमान दार्जे छेवाङ धोर्चोङको वनमा काठ काट्न गएको बेला राति पसलमा लुटेरा, डाँकाहरुले कुन्साङ धिकीको पसलमा पसि निर्मम तरीकाले हत्या भएको गोर्खा प्रहरीले जनाएको छ। हत्या हुनु भन्दा अगाडि कुन्साङ धिकीको बलात्कार गरिएको प्रहरीले पुष्टि गरेको छ ।
हत्यामा संलग्न भएका ५ जनालाई प्रहरीलेनियन्त्रणमा लिइसकेको छ ।तर सारा चुमबासी हत्यारालाई कडा भन्दा कडा कार्यवाही तथा पिडित परिवारलाई क्षतिपूर्तिको ग्यारेन्टि नभएसम्म सम्बन्धित सरकारी प्रशासन र गाउँपालिका समक्ष निरन्तर दवावका लागि संघर्ष जारी राख्ने जनाएका छन् ।
देशभर प्रदेश र प्रतिनिधिसभाको चुनावको मुखैमा यो हत्या हुनुले चुम्चेत जस्तो दुर्गम ठाउँको शान्ति सुरक्षाको हालत कुन अवस्थामा छ भन्ने स्पष्ट गरेको छ ।
यसअघि पनि स्थानीय युवा हिसे लामाले लगायत चुम समाज युवा क्लबले छेकम्पार सिमा प्रहरी चौकिले हत्या आरोपीहरूलाई विभिन्न चोरी, डकैति र हत्याको कार्यवाहीको पटक–पटक माग गर्दा कुनैपनि किसिमको कार्यवाही नगरेको तथा घटनालाई प्रहरी प्रशासनले हल्का–फूल्का रुपले लिने गरेकाकारण यस्ता दुःखद दिनहरु भोग्नु परेको स्थानीयको दाबी छ।
हत्या आरोपीहरू छ्योटक लामा, छेवाङ दोर्जे, सोनाम ग्याल्जेन, सोनाम ग्याल्जिनलाई कानून वमोजिम कडा भन्दा कडा कार्यवाही गर्न पीडित पक्षले माग गरेको छ । साथै शान्ति सुरक्षाको सुनिश्चित गरिदिन सरकार संग माग गरेको छ ।
तत्काल्नै पिडित परिवारको आर्थिक विपन्नतालाई मध्यनजर गरी क्षतिपूर्ति तथा क्रियाखर्च, नाबालक र अन्य दुई सन्तानको शिक्षा कम्तिमा कक्षा दशसम्म अध्ययन र भरण–पोषणको लागि नेपाल सरकार समक्ष पीडित परिवारले अपिल गरेको छ ।
अपराधीहरूलाई कडा भन्दा कडा कार्यवाही गरिनुपर्ने र यस अघिका उजूरीहरूको पनि अनुसन्धान गर्नुपर्ने, पिडितका नाबालकहरू पासाङ छेन्जोम, निमा दोर्जे र रिन्जिन ढोल्माको शिक्षा–दिक्षा र भरण–पोषण गर्नुपर्ने, चुम नुब्री गाउँपालिकाको चुम्चेतमा प्रहरीचौकीको स्थापना गरिनुपर्ने, दिर्घाकालीन रूपमा शान्तिको सुनिश्चितताको लागि बेरोजगार युवाहरूलाई सिपविकास र रोजगारको सुनिश्चित गरिनुपर्ने लगाएतका मागहरु पिडित पक्षका छन् ।
यो घटनामा अहिलेसम्म न त नयाँशक्ति संयोजक बाबुरामले चासो देखाएका छन् भने त माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नै । भोट माग्न मात्र आउने राजनीतिक दलहरु जनताको पिडामा पर पर भागेको उनीहरुको गुनासो छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्