
काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता एबम प्रतिनिधिसभाका लागि गोरखा २ का वाम उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्ना प्रतिद्वन्दी एबम नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई मौकावाद र व्यक्तिवाद हावी भएको विचारबिनाको नेताको संज्ञा दिएका छन् । बुधबार गोरखाको बारपाकमा आयोजित गठबन्धनको वृहत चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले गोरखा २ बाट आफूले जित्ने कुरामा शंका नगर्न समेत पत्रकारहरुलाई आग्रह गरे ।
‘बाबुरामजीको कुनै बिचार र योजना छ र ?’ विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘उहाँको कुन समयको बिचार र योजनालाई मान्ने ?’ भट्टराईप्रति अत्यन्तै आक्रामक देखिएका श्रेष्ठले अगाडी थपे, ‘माओवादीमा हुँदा, त्यहाँबाट निस्केर नयाँशक्ति गठन गर्दा, नयाँशक्तिको शक्ति निर्माण गर्न नसकेर संघीय समाजवादी फोरमसँग पार्टी एकता गरौं भन्दा, फोरमले अस्थिर बिचार भएकासँग एकता गर्दैनौं भनेर पछाडि हटेपछि उसैको चुनाव चिन्ह मशाल लिएर स्थानीय तह निर्वाचनमा सामेल हुँदा, एकीकृत कम्युनिस्ट पार्टी बनाउन म पनि आउँछु भन्दा, चार दिनमै निस्केर जाँदा या त्यसको चार दिनपछि कांग्रेससँग पुग्दा । कतिबेलाको बिचारलाई मान्ने बाबुरामको ?’
आफूसँग प्रष्ट र स्थिर बिचार हुनु नै चुनाव जित्ने बलियो आधार भएको भन्दै श्रेष्ठले बाबुराम प्रधानमन्त्री भईसकेकोले अलिअलि नाम चलेको भए तापनि बाबुराम साबुराम जो भए पनि मैले नै चुनाव जित्छु भन्ने दृढ अठोटका साथ् आफूले उम्मेदवारी दिएको उनले दावी गरे। चुनावी सभामा भाग लिन जाँदा लडेर निधार र घुँडामा चोट लागी सामान्य घाइते भएका श्रेष्ठ खुट्टो खोच्याउँदै गएर बुधबार दिउँसो बारपाकको चुनावी कार्यक्रमलाई सम्वोधन गरेका छन् । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्