
काठमाडौँ – माओवादी र एमालेबीच सिट बाँडफाँडमा उचित तालमेल नहुँदा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ चुनाव नलड्ने भएका छन्। बाम गठबन्धनको कार्यदलले चितवन २ एमालेको भागमा पारेपछि बादल चुनाव नलड्ने भएका हुन्।
यदी चितवन २ माओवादी केन्द्रको भागमा परे त्यहीँबाट प्रतिस्पर्धा गर्ने योजनामा बादलको थियो। तर, त्यो क्षेत्र एमालेको भागमा परेको छ।
चितवन २ एमालेको भागमा परेपछि बादल काठमाडौं १० बाट उठ्ने चर्चा चलेको थियो। तर काठमाडौं-१० बाट माओवादी केन्द्रका नेता हितमान शाक्य उठ्ने भएपछि उनको त्यो सपना पनि तुहिएको छ ।
शाक्य उठ्ने भनिएको काठमाडौं-६ बाट अर्का नेता झक्कु सुवेदी उठ्ने टुङ्गो लागेको छ। काठमाडौं-१० मा आफू र काठमाडौं-६ मा सुवेदी उठ्ने टुङ्गो लागिसकेको शाक्यले बताएपछि बादलको सांसद बन्ने सपनामा पुर्णबिराम लागेको हो। सुवेदीले २०६४ को संविधान सभा निर्वाचनमा एमाले नेता माधवकुमार नेपाललाई पराजित गरेका थिए।
चितवन-२ मा एमालेले अडान नछाडेपछि माओवादी केन्द्रका नेताहरुले बादललाई नवलपुर-१ वा काठमाडौं-१० बाट लड्न भनेका थिए। तर, उनले मानेनन्। यसरी एमाले माओवादी गठबन्धनको सिट बाँडफाँड असन्तुलन भएसंगे माओवादीका केही युवा नेताहरुले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेरै सांकेतिक रुपमा बिरोध जनाएका छन्।
तत्कालीन एकीकृत नेकपा माओवादी पार्टी फुट्दा प्रचण्डलाई छोडेर बैद्यको ड्यास माओवादीमा लागेका बादल स्थानीय निर्वाचन बैद्य माओवादी फुटाएर पुनः माओवादी केन्द्रमा समाहित हुन् गएका थिए ।
उनलाई माओवादी पार्टीभित्र फुटवादी भनेर खासै महत्व नदिने गरिका कारण पनि बादलले उम्मेद्वारी दिने भनिएको क्षेत्र एमालेलाई पारिएको अनुमान माओवादी सर्कलमा गरिन थालिएको छ । बैद्य माओवादीबाट प्रचण्ड माओवादीमा बिलय भएका नेताहरुलाई योजनाबद्ध नदिएको माओवादी केन्द्रका एक केन्द्रीय नेताको भनाई छ ।
‘त्यस्तो स्वार्थ हुदैनथियो भने प्रचण्डसँग अलग भएर बादल किन बैद्यलाई छोडेर माओवादी केन्द्रमा आउथे र ? ‘ स्रोतले भन्यो, -‘बादल मात्र होइन अहिले पम्फाको हालत उस्तै छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्