Skip to content
LAXMI SUNRISE BANK

वैदेशिक रोजगार विभागको महानिर्देशक बन्न रकमको ‘बार्गेनिङ’, तीन जना सहसचिव डीजी बन्ने दौडमा !

अर्थ सरोकार

एक समय भन्सार कार्यालयको जिम्मेवारी लिएर जानेमा अत्यधिक आकर्षण हुने गरेको भए पनि पछिल्लो समयमा सो कार्यालयभन्दा पनि वैदेशिक रोजगार विभागमा जान चाहना राख्नेहरुको संख्यामा वृद्धि भएको छ । सो विभागमा जानेहरुले करोडौँ रुपैयाँको थैली बुझाएर महानिर्देशक बन्न खोज्नेहरुको सूची पछिल्लोपटक लामो हुने गरेको पाइएको छ ।
नेपालका सरकारी अखडाहरुमध्ये सबैभन्दा भ्रष्ट अखडाको रुपमा परिचित भन्सार विभाग र यसअन्तर्गतका निकाय रहेकोमा त्यसलाई पनि पछि पार्दै वैदेशिक रोजगार विभागअन्तर्गतका कार्यालयहरु पहिलो नम्बरमा पर्न गएको छ । सो विभागको महानिर्देशक बन्न र बनाउनकै लागि करोडौँ रुपैयाँको थैली बोकेर चर्को मोलमोलाइ सुरु भएको समाचार प्राप्त भएको छ ।
सो विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डेलाई म्यानपावर कम्पनीसँग घुस लिएको पक्राउ परेका कर्मचारीले बयान दिएपछि घरबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको एक टोलीले पक्राउ गरेपछि सो पद अहिले रिक्त हुनपुगेको छ । सोही पदमा जान एजेण्टहरुले श्रममन्त्री फरमुल्लाह मन्सुर र सचिव लक्ष्मण मैनालीलाई रिझाउन विभिन्न योजना समेत बनाउँदै चर्को चाकडी समेत गरेको मन्त्रालय स्रोतको दाबी रहेको छ । उनीहरुबीच कसलाई कति पैसा दिने भन्नेबारे नै सो एजेण्टहरुबीच नै विवाद चुलिएपछि भित्री योजना बाहिरिएको हो  ।
विभागका महानिर्देशक पाण्डेलाई एसआरएस म्यानपावर कम्पनीबाट घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिई निलम्बन गरेदेखि नै आफ्नो इच्छा पूरा गर्ने एक समूह एजेण्टहरुको दैनिकी नै श्रममन्त्री र सचिवलाई मनाउने र माग गरेअनुसारको थैली समेत बुझाउन तयार रहेको स्रोतको भनाइ रहेको छ । महानिर्देशक नहुँदा सो विभागका महत्वपूर्ण काम रोकिने भन्दै श्रम मन्त्रालयका सचिव मैनालीले मन्त्री मन्सुरलाई तारन्तार फोन गर्र्दै तत्काल नयाँ डीजी नियुक्त गर्न दबाब समेत दिएको समाचार प्राप्त भएको छ ।
आसन्न निर्वाचनका प्रचारप्रसारका लागि गृहजिल्ला सर्लाही पुगेका मन्त्री मन्सुरले सो रिक्त पदमा चुनावअगाडि कोही कसैलाई पनि नियुक्त नगर्ने र सो बारेमा निर्वाचनपछि मात्र निर्णय लिने भनेपछि सचिव र मन्त्रीबीच विवाद समेत भएको स्रोतको दाबी रहेको छ ।
मन्त्रालयसम्बद्ध एक उच्च स्रोतका अनुसार मन्त्री र सचिवबीच नै कुरा नमिल्नु भनेको एजेण्टले उपलब्ध गराउने थैलीमा कुरा नमिलेकाले सो विवाद भएको जनाएको छ । नाम नलेख्ने शर्तमा एक कर्मचारीले भने, ‘मन्त्री, सचिव र अर्थमा नजरानामा कुरा नमिलेका कारण विवाद भएको हो, पैसाको कुरा मिल्नासाथ नयाँ डीजी नियुक्त हुन्छ, त्यो पनि कहाँबाट टिपेर ल्याउने हुन थाहा छैन ।’
सो विभागको डीजी बन्न तीन जना सहसचिव दौडमा रहेका छन् । मन्त्रालयबाट प्राप्त विवरणअनुसार श्रम मन्त्रालयमै रहेका सहसचिवद्वय तेजराज पाण्डे र भुनव आचार्य तथा शिव विकास केन्द्रका प्रमुख नारायण कार्कीबीच दौडधूप चलेको छ । यी तीन जनाबाट बढी नजराना चढाउने व्यक्ति नियुक्त हुनेछन् । आर्थिक दैनिकबाट
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK