काठमाडौँ- सोमबारको तुलनामा मंगलबार नेप्से बढेको छ । आज नेप्से सूचक १०.१२ अंकले बढेर १५२३.८६विन्दुमा पुगेको छ । १६३ कम्पनीका ९ लाख ९९ हजार ६० कित्ता शेयर खरिद बिक्रिबाट ५७ करोड २१ लाख ९९ हजार ७ सय ५७ रुपियाँको कारोबार भएको छ । आज भएका कारोबारका समूहमध्ये उत्पादन र इन्स्योरेन्स बाहेकका सबै सूचक बढेका छन् ।