Skip to content
LAXMI SUNRISE BANK

भुलेर पनि जन्मदिनमा मैनवत्ती ननिभाउनुहोस्, शास्त्रले भन्छ, ‘बत्ति निभाउनु पापको पराकाष्टा हो’ (भिडियोसहित)

अर्थ सरोकार

अर्थ सरोकार टेलिभिजन कार्यक्रममा हामीले पण्डित बालमुकुन्द देवकोटालाई धर्मका नाममा गरिने ठगीका बारेमा कुराकानी गर्न बोलाएका थियौं । कतिपय सप्ताह लाउँदा पैसा उठाउने तर त्यसको उपयोग नहुने भन्ने चर्चा चलिरहेका बेला हामीले सोहि विषयमा कुराकानी गर्न उनलाई बोलाएका थियौं ।

तर कुराकानी गर्दै जाँदा उनले शास्त्रमा लेखिएको अचम्मको रहस्य खोले । हामी प्राय जन्मदिनको दिन जति बर्ष भयो त्यतिवटा मैन बत्ती निभाउने गर्छौं । तर त्यो सम्पूर्ण रुपमा गलत र पाप भएको पण्डित देवकोटाले बताए । अर्थ सरोकार टेलिभिजन कार्यक्रमसँग कुराकानी गर्दै उनले त अझ जति वटा मैन बत्ति निभाइन्छ सोही अनुसार आयू घट्ने सम्मका तथ्य शास्त्रमा रहेको बताए ।
हेरौं उनीसँग अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले गरेको कुराकानीको सोहि अंश :

उक्त कार्यक्रमको पूरा भाग यहाँ हेर्न सक्नुहुनेछ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK