Skip to content
LAXMI SUNRISE BANK

पूर्व माओवादी जनमुक्ति सेनाको बन्दबारे जनता ‘कन्फ्युज्ड’ भएपछी नेकपाले भन्यो, ‘मङ्सिर ८ को बन्द हामीले गरेको होइनौं’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पूर्व माओवादी जनमुक्ति सेनाले मंसिर ८ गते नेपाल बन्द आह्वान गरेका छन् । तर पूर्व माओवादी जनमुक्ति सेनाले गरेको बन्दलाइ नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्द भनी हल्ला भएपछी नेपाल कम्युनिष्ट पार्टीले यसको खण्डन गरेको छ । नेकपाका पोलिट्व्युरो सदस्य तथा जनवर्गिय संगठन इन्चार्ज मोहन कार्की जिवन्तले बन्द आफ्नो पार्टीले नगरेको बताएका हुन्  ।
यद्यपी पूर्व माओवादी जनमुक्ति सेनाले मंसिर ८ गते नेपाल बन्द भएको स्पष्ट पारेका छन् । नेकपाले हामीले गरेका होइनौं भन्ने विषयलाई लिएर बन्द नै होइन भन्ने हल्ला चलाएको प्रति आपत्ति जनाउँदै  पूर्व माओवादी जनमुक्ति सेनाका एक अगुवाले मङ्सिर ८ गते बन्द भएको र अवज्ञा गर्नेलाई भौतिक कारवाही गरिने बताएका छन् । 
‘दिउँसो जसले हाम्रो बन्दको प्रतिकार गर्छ । बेलुका छानी छानी कुट्ने हो ।’ पूर्व माओवादी जनमुक्ति सेनाका एक सदस्यले भने, ‘नेपाल बन्द के हो भनेर हामी देखाईदिन्छौं ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK