×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेडिकल पढ्न बंगलादेश जान सरकारद्वारा प्रतिबन्ध, हाल पढिरहेकाहरुको करोडौं रुपैयाँ फस्यो !

PRIME CA

मेडिकल पढ्न बंगलादेश जान सरकारद्वारा प्रतिबन्ध, हाल पढिरहेकाहरुको करोडौं रुपैयाँ फस्यो !

१० मंसिर २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- बंगलादेशमा मेडिकल पढ्ने सोच राख्नु भएको छ भने अव त्यो तपाईंको सोच परिवर्तन गर्नुपर्ने भएको छ । किनकि सरकारले मेडिकल पढ्न बंगलादेश जान प्रतिबन्ध गरेको छ । बंगलादेशका अवैधानिक कलेजहरुमा नेपाली विद्यार्थीहरुले एमबीबीएस र बीडीएस पढिरहेको खुलासा भएपछी सरकारले बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक लगाएको छ ।
अझ खास कुरा त के छ भने बंगलादेशमा हाल पढीरहेका विद्यार्थीहरु सबैभन्दा ठुलो मारमा पर्ने भएका छन् । करिब २ सय जना नेपाली विद्यार्थीहरु बंगलादेशका ३७ अवैधानिक कलेजमा पढिरहेको जानकारी बंगलादेशस्थित नेपाली दूतावासले नेपाल मेडिकल काउन्सीललाई गराएको छ । बंगलादेशस्थित नेपाली दूतावासले त्यस्ता विद्यार्थीहरुलाई उद्धारको पहल गरिरहेको छ । शर्माका अनुसार आफूहरु फसेको जानकारी पाएलगत्तै नेपाली विद्यार्थी र तिनका अभिभावकहरुले पनि काउन्सीलमा उजरी दिने क्रम जारी छ ।
बंगलादेशमा नेपालीले पढिरहेका कुनै कलेजहरुले सरकारी मापदण्ड पूरा नगरेको, विश्वविद्यालयबाट सम्वन्धन नलिएको र कुनै दर्ता नै नभएको पाइएको छ ।  विदेशमा एमबीबीएस पढेकाहरुले नेपाल मेडिकल काउन्सीलले लिने टेस्ट परीक्षा उत्तीर्ण गर्नुपर्दछ ।
यसरी आफु पढेको कलेज अवैधानिक भएको थाहा पाएपछी विद्यार्थी तथा अभिवावकको करोडौं रुपैयाँ फसेको छ । बंगलादेशमा एमबीबीएस पढ्न करिब ५० देखि ६० लाख रुपैयाँसम्म खर्च लाग्छ । यो रकम किस्ताबन्दीमा तिर्न मिल्ने र भिसा पनि सजिलै पाइने भएकाले धेरै नेपाली विद्यार्थीहरु बंगलादेशमा पढ्न जाने गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: