×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कलीहरुको अखडा बिओके बन्यो ‘बिचरा’को पात्र, प्रमुख सूचकहरुमा पहिरो, खुद नाफा २२ करोड ४० लाख मात्र !

PRIME CA
GLOBAL IME BANK

नक्कलीहरुको अखडा बिओके बन्यो ‘बिचरा’को पात्र, प्रमुख सूचकहरुमा पहिरो, खुद नाफा २२ करोड ४० लाख मात्र !

१९ कार्तिक २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- बैंक अफ काठमाडौँ लिमिटेडले सार्वजनिक गरेको क्वार्टर रिपोर्टमा उसको खुद नाफा घटेको देखिएको छ । अघिल्लो बर्ष यहि त्रैमासमा २७ करोड नागा गरेको बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कुल २२ करोड ४० लाख खुद नाफा आर्जन गरेको छ । नक्कली सर्टिफिकेटधारीहरुको बर्चश्व भएको बैंकका रुपमा बदनाम भएको बिओकेको खुद आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको खुद आम्दानी ५७ करोड ३६ लाख छ । जवकी अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ६२ करोड ५० लाख रहेको थियो । 
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी घटेर १५.९२ रुपैयाँ कायम हुँदा प्रतिसेयर नेटवर्थ १६२.८५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७.८३ गुणा कायम भएको छ । 
सार्वजनिक भएको पछिल्लो प्रतिवेदन अनुसार यो अवधिमा बैंकले ६९ अर्ब १५ करोड निक्षेप संकलन गरी ६२ अर्ब ३२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ६९ अर्ब ३२ करोड निक्षेप संकलन गरी ६१ अर्ब ४७ करोड कर्जा परिचालन गरेको थियो । यो अवधिमा बैंकको खराव 
कर्जा पनि बढेको देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: