
रोल्पा – एम्बुस विष्फोट गराइएको २४ घण्टा नपुग्दै नेकपा (माओवादी केन्द्र) का नेता एवम् वाम गठबन्धनको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’लाई लक्षित गोली प्रहार भएको छ ।
दुईखोली गाउँपालिका–६ वागमारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा आइतबार बिहान ११ः२५ मा पेस्तोलबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
दुईखोला गाउँपालिका–३ केउरी खोलाको जंगलबाट अज्ञात व्यक्तिले पेस्तोलबाट गोली हानेको प्रहरीको भनाइ छ । पूर्वअर्थमन्त्री समेत रहेका पुन चढेको वा १५ च ८६२८ नम्बरको गाडीलाई लक्षित गरी एक राउण्ड फायरिङ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्