
काठमाडौं – लेखक तथा राजनीतिक विश्लेषक भरत दाहालले बालकृष्ण ढुंगेलको गिरफ्तारी माओवादी केन्द्रको नेतृत्वकै सहमतिमा भएको दाबी गरेका छन् ।
ढुंगेलको गिरफ्तारी दाहालले पछि सामाजिक संजालमा अाफ्नो विचार सार्वजनिक गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नामै नलिएर भने, ”बालकृष्ण ढुंगेलकाे गिरफ्तारी माअाेवादी नेतृत्वकाे सहमति विना भएकाे छैन। स्थानीय चुनावका बेला बालकृष्ण ढुंगेल पुलिस हाकिमहरूसंग कार्यक्रममा बसिरहेका हुन्थे र शेरबहादुरले माअाेवादीसँग रणनीतिक साझेदारी भएकाे भन्दै उनीहरूको लागि भाेट मागिरहेका हुन्थे।”
दाहालले माओवादीको नाममा निर्दोष मानिसहरु मार्ने सेना र प्रहरीका हाकिमहरु प्रचण्ड र बाबुराम भट्टराईको हातबाट बढुवा भइसकेको बताउँदै भने,”माअाेवादीका नाममा निर्दाेष मानिसहरू मार्ने सेना र पुलिसका हाकिमहरू सबैजसाे पुष्पकमल र बाबुरामका हातबाट बढुवा भइसकेका छन्।
एमाले र कांग्रेसका कार्यकर्ताहरूलार्इ काट्न अादेश दिने माअाेवादी नेताहरू सबै शासक भैसकेका छन्। युद्धकालमा २० हजार नेपालीकाे ज्यान लिने माअाेवादी, संसदवादी, सेना, प्रहरी र निजामति क्षेत्रका कर्मचारिहरू सबै मिलेर नेपालमा लुट मचार्इरहेका छन्।”
बालकृष्णको गिरफ्तारी विदेशी योजनासँग जोडिएको बताउँदै दाहाल भन्छन्, ”ढुंगेलकाे अहिलेकाे समयमा भएकाे गिरफ्तारिकाे अर्थ के हाे त ? यसकाे अर्थ विदेशी याेजनासँग जाेडिएकाे छ। साम्राज्यवादीहरूले अाफूलार्इ अावश्यक परेकाे बेला यस्ता मुद्दाहरू उठाउन लगाउने र नपरेकाे बेला माैन रहेजस्ताे गर्दै अाएका छन्।
अहिले चुनावका मुखमा तिनीहरूलार्इ दलालहरूका बीचमा ध्रुविकरण गराउनु परेकाे छ।” माओवादीका निर्दोष नेता-कार्यकर्तालाई गिरफ्तारी हुने तर विदेशीका एजेन्टहरु सुरक्षित रहने दाहालको दाबी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्