ताप्लेजुङ- ताप्लेजुङको आठराई गाउँपालिका-३ सरस्वती माविको हाङपाङ निर्वाचन केन्द्रमा मतपेटिकामुनि प्रेसर कुकुर बम भेटिएपछि मतदान स्थगित गरिएको छ । पछी बम रहेको स्थलमा हाल नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गर्दै गरेको र बम हटाएपछि पुन: निर्वाचन सुरु हुने निर्वाचन अधिकृत कार्कीले बताए । यता जनताले भने निर्वाचन अधिकृतकै मिलेमतोमा त्यसो भएको शंका गर्दै नारावाजी समेत गरेका छन् ।
सरकारले सुरक्षा स्थिति निकै सवल भएको बताएपनि त्यसको ठिक विपरितका कार्यहरु देखिएको छ ।