
- इलेक्सन ब्यूरो / अर्थ सरोकार डटकम
भोजपुर- पछिल्लो समय जताततै निर्वाचनको माहोल छ । तर निर्वाचनको मिति नजिकिंदै गर्दा जताततै बम पड्किन थालेपछि भने सबैतिर उम्मेदवारलाई सुरक्षा थ्रेट बढेको छ । यस्तै ठाउँ ठाउँमा बम पड्किएको बारे चर्चा हुँदा ‘बम पड्किएर कोहि डराउँदैन’ भन्ने चर्चा गरेर भाषण गर्दै गरेका राजेन्द्र राइले भाषण गर्दा गर्दै बम पड्केको छ । प्रत्यक्षदर्शीका अनुसार बम पड्किएका छन् ठाउँ ठाउँमा तर यसले हामीलाई केहि असर गर्दैन भन्दै उनी भाषण गर्न गएका थिए । भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ कुलुङ्गमा चुनावी सभा भइरहेका बेला बम पड्केको हो।
सभामा प्रदेशसभा ‘क’ का उम्मेदवार राजेन्द्र राईले सम्बोधन गर्दै गर्दा कार्यक्रमस्थलबाट केहि पर बम पड्किएको हो। बम पड्किएपछि सभा समेत बिथोलिएको थियो । यद्यपी बम पड्किएपछी कुनै पनि मानवीय क्षति भने भएको छैन । चुनावी सभामा बम कसले पड्कायो भन्ने खुलेको छैन । यसबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यद्यपी निर्वाचनको विरोध गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले बम पड्काएको धेरैको शंका छ ।
निर्वाचनको मिति नजिकिएका बेला ठाउँ-ठाउँमा बम पड्किएका समाचार आएपछि निर्वाचनमा सुरक्षा थ्रेट थपिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्