Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री सहभागी कार्यक्रममा शक्तिशाली बिस्पोट, देउवाले भने, ‘रंगेहात भेटे सिधै गोली ठोक्नु’

अर्थ सरोकार

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा शक्तिशाली बम बिस्पोट भएको छ । कालिकोटमा बिहिबार नेपाली काँग्रेस कालिकोटले कोटबाडा रहेकाे सुन्थराली विमानस्थलमा आयोजना गरेको कार्यक्रममा बम विस्फोठ भएको हो । बिस्पोटलगत्तै ब्यापक प्रहरी परिचालन गरिएको छ ।

अर्थ सरोकार सहकर्मीका अनुसार बम पड्किएपछी त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । बम नेकपाका कार्यकर्ताहरुले विष्फोट गराएको आशंका गरिएको छ ।  बम बिस्पोटबाट के-कति क्षति भयो भन्नेबारे विवरण आउन बाँकी भएपनि प्रधानमन्त्री देउवा भने शकुसल रहेको बुझिएको छ । बम बिस्फोट भएपछी नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले खोजीरहेको बुझिएको छ । यसअघिनै चुनावलाई दखल पर्ने कार्य गर्ने नेकपाका कार्यकर्ताहरुलाई छानी छानी पक्राउ गर्न  देउवाले नै निर्देशन दिएका थिए । 

यता कालीकोटका प्रमुख जिल्ला अधिकारीले भने कुनै पनि विष्फोट नभएको दावी गरेका छन् । ‘अहिलेसम्म त्यस्तो कुनै घटना घटेको छैन ।’ उनले भने ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK