
- अर्थ सरोकार सम्बाददाता
कालीकोट- निर्वाचनको मुखैमा कालिकोटमा प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त भएको छ । स्थानीयले अर्थ सरोकार न्यूज डेस्कमा टिपाएको खबर अनुसार दोहोरो भिडन्तमा परी ३ जना घाइते भएका छन् । ‘प्रहरीले चलाएको गोली लागेर २ स्थानीय घाइते भएका छन् । १ को अवस्था अलि गम्भीर छ ।’ स्थानीयले अर्थ सरोकार डटकमसँग भने ।
मतदानको लागी सामाग्री लिएर गएको प्रहरी र कर्मचारीहरुको तिलाई स्थानीयले घेराबन्दीमा पारी लखेट्न थालेपछि दोहोरो भिडन्त भएको हो । करिव राती ९ बजेबाट सुरु भएको भीडन्त अहिले पनि जारी छ । राती करिब १० बजे स्थानीयले मुम्राको क्यूरी मतदान केन्द्रको सम्पूर्ण बुथ कब्जा गरेका छन् ।
घटनाका बारेमा अहिलेसम्म प्रहरीले केहि बताएको छैन । सीडीओको फोन लगातार अफ छ । थप विवरण आउन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्