×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धुपाल्चोकमा मतदान केन्द्रमै गोली चल्यो, मतदाता घरतिर दगुरे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिन्धुपाल्चोकमा मतदान केन्द्रमै गोली चल्यो, मतदाता घरतिर दगुरे

१० मंसिर २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पहिलो चरणको निर्वाचनअन्तर्गत मतदान भइरहँदा सिन्धुपाल्चोकमा गोली चलेको छ ।
आइतबार दिउँसो बलेफीस्थित कालिका प्राथमिक विद्यालयको मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि प्रहरीले झडपलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरेको एसपी मोहन पोखरेलले जानकारी दिएका छन् ।
गोली चलेपछि त्यस क्षेत्रको अवस्था तनाबग्रस्त बनेको छ । मतदाताहरु फटाफट घरतर्फ लागेका छन् । मतदानस्थलमा अहिले सुरक्षाकर्मी र निर्वाचन कार्यालयका कर्मचारीहरु मात्र रहेको त्यहाँबाट हाम्रा सम्बाददाताहरुले जनाएका छन् ।
उक्त क्षेत्रमा पूर्व संचार मन्त्रि अग्नीप्रसाद सापकोटा बाम गठबन्धनबाट र हाल का संचार मन्त्रि मोहन बस्नेत लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको चुनाबी दौडमा छन् l
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी