
ताप्लेजुङ – पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा मतपेटिका र मतपत्रको सुरक्षाका लागि ढाडे बिरालो राख्ने प्रस्ताव आएको छ । मतपत्रलाई मुसाले च्यात्ने सम्भावना भएको भन्दै दलका कार्यकर्ता र सुरक्षाकर्मीलेसँगै बिरालाको समेत सहारामा गरिनुपर्ने प्रस्ताव आएको हो । मुसाले मतपत्र काट्न सक्ने भन्दै नेकपा एमाले ताप्लेजुङका उपाध्यक्ष मात्रिका भट्टराईले मतपेटिका राखिएको कोठामा ढाडे बिरालो तैनाथ गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
तर अन्य प्रतिनिधिले उक्त प्रस्तावमा सहमति नजनाएपछी उक्त प्तास्ताव पारित भने भएन । सीसी क्यामरा राख्न बजेट नाभायेपछी मतपेटीका कसरी सुरक्षा गर्ने भनेर बैठक बोलाइएको थियो । त्यसो त बिरालो राख्ने प्रस्ताव पहिलोपटक आएको भने होइन । यसअघि स्थानीय चुनावका बेला मतपत्र च्यातिएको भरतपुरमा पनि कोठामा थुनिएको मतपेटिकाको सुरक्षाका लागि बिरालोको सहारा लिनुपर्ने चर्चा चलेको थियो । त्यो बेला पनि यो प्रस्ताव पारित भएको थिएन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्