×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

१७ तस्विरमा हेर्नुहोस् सेञ्चुरीको कार्यक्रममा अनिल शाहको ‘डबल रोल’ (फोटो कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मेगा बैंकका तत्कालीन सीइओ र सेञ्चुरी बैंकका ‘हुनेवाला’ सीइओ ‘डबल रोल’मा देखा पर्दा  बुधबार सेञ्चुरी बैंकको ‘मल्टिपल करेन्सी कार्ड’ सार्बजनिक गर्ने कार्यक्रमको रौनक केहि बढेको आभास हुन्थ्यो ।सेञ्चुरीका कर्मचारी आफ्नो हुनेवाला सीइओ, सीइओको औपचारिक जिम्मा नसम्हाल्दै आफ्नो कार्यक्रममा आएको हेर्न लालायित देखिन्थे । बैंकर्स संघका अध्यक्षको हैसियतले कार्यक्रममा आएको भएपनि यो सब योजनामा भएको थियो । यसअघि सेञ्चुरी बैंकले तीनै अनिल शाहलाई यस्ता कार्यक्रममा बैंकर्स संघका अध्यक्षका हैसियतले अथिति बनाएको थिएन । तर आफ्नै संस्थामा सीइओ नियुक्त गरिएपछि उनलाई प्रमुख अथितिको रुपमा बैंकर्स संघको अध्यक्षको रुपमा बोलाएर बैंकले राम्रै चलाखी गरेको देखिन्थ्यो ।  
हुन त यस्तो काममा सेञ्चुरी बैंक अरु बैंकभन्दा अघि नै छ । यसअघि सीइओ पद छोडीसकेका अनुजमणि तिमिल्सीनालाई सीइओकै हैसियतले विशेष साधारणसभामा बोलाएर सीइओकै हैसियतले ड्यासमा राख्ने आएका सबै प्रश्नको जवाफ अध्यक्षले दिने काम गर्ने बैंक पनि सेञ्चुरी नै हो । यस्तै ‘खुरापाती’ प्लानको निरन्तरता स्वरूप अनिल शाहलाई बुधबारको कार्यक्रममा बोलाइएको तियो ।

सबैको प्रतिक्षा अनिल शाह 
सेञ्चुरीको कार्यक्रममा केहि रमाइला दृश्यहरु देखिए । प्रमुख अतिथिका रुपमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ उक्त कार्यक्रममा पुगिसक्दा पनि कार्यक्रम सुरु भएन । प्रमुख अतिथि  आइपुग्नु भयो कार्यक्रम सुरु गर्नेकी भन्दा पनि बैंकका अध्यक्षले अनिल शाह आएपछि मात्र कार्यक्रम संचालन गर्ने उर्दी जारी गरे । ‘पंङचुवालीटी’को राम्रै गफ हान्ने अनिल शाह कार्यक्रममा ढीलो आइपुगे । हुन त उनले सीइओ छोड्दै गर्दा मेगामा भइरहेको भद्रगोलपनि उनी ढिलो हुनुको कारण हुन सक्छ । बाटोको जाम पनि कारण हुन् सक्छ । तर अनिल शाह किन ढिला आए वा प्रमुख अथिति आइसक्दा पनि कार्यक्रम किन सुरु गरिएन भन्ने कुरा पनि चर्चाको विषय बन्यो  कार्यक्रमस्थलमा । आगामी पुस १७ गतेबाट कार्यभार सम्हाल्ने गरी सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भइसकेका अनिल शाहको प्रतीक्षा केहि समयमा सकियो । 

सम्बोधनको ‘रमाइलो’ र ‘वेटिङ सिइओ’को चर्चा !
पूर्वयोजना अनुसार नै अनिल शाह बैंकर्स संघका अध्यक्षकै हैसियतले त्यहाँ पुगेका थिए । कार्यक्रममा बैंकका कामु सिइओ जीवन भट्टराईले शाहलाई बैकर्स संघका अध्यक्षकै रुपमा संवोधन गरे ।  यता बैंकका अध्यक्षले पनि उनलाई बैंकर्स संघका अध्यक्ष भनेर नै सम्बोधन गरे । तर उक्त सम्बोधन गर्दा बैंकका अध्यक्षको ओठमा मन्द मन्द मुस्कान छुट्दा अरु सहभागीहरुपनि नामुस्कुराइरहन सकेनन् । अझ रमाइलो त त्यो बेला भयो, जुन बेला डेपुटी गभर्नर शिवराज श्रेष्ठले आफ्नो भाषणमा शाहलाई ‘वेटिङ सिइओ’ भनेर संवोधन गरिदिए । उनको सम्बोधनमा शाहलाई ‘वेटिङ सिइओ’ भनिएपछि कार्यक्रममा उपस्थित  प्राय  ‘गललल’ हाँसे । यता अनिल शाहले भाषण गर्दा अडियन्समा बसेका केहिले मुख नै बाएर ‘हाइ’ काढेको दृश्य पनि कम्ती रोचक थिएन ।  
मेगामा चर्चा, ‘मेगा भताभुंग हुनुको कारण नै यहि हो’
शाहले मेगालाई भताभुंग बनाएर छोड्न लागेको कुरा कसैअगाडी पनि लुकेको छैन । मर्जर प्रक्रिया विवादमा छ। बैंकलाई बिहिबार राष्ट्र बैंकले बोलाएको थियो । अन्य धेरै कुरा भद्रगोल छ । तर मेगाकै तलव खाएर मेगाका सबै काम छोडेर कुनै पदको बहानामा अनिल शाह सीइओ नियुक्त भएको बैंकको कार्यक्रममा गएपछि मेगामा बुधबार अनिल शाहकै कारण मेगा भताभुङ्ग भएको चर्चा चलेको मेगाका कर्मचारीहरुले अर्थ सरोकार डटकमलाई बताए ।      
 
 
 
 
 
 
 
 
 
 
 
 
  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: