
माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’माथि रुकुममा एक महिलाले चुनावीसभामै चप्पल प्रहार गरेकी छन् । रुकुमको बाफिकोट गाउँपालिकाको नेटामा शहिद परिवार निर्मला खड्काले चप्पलले हिर्काएको बताइएको छ ।
रुकुमबाट प्रतिनिधसभा सदस्यका उम्मेदवार समेत रहेका शर्मा चुनावीसभामा सहभागीताका लागी बाफिकोट पुगेका बेला आमसभा स्थलमै खड्काले चप्पल प्रहार गरेपछि उनलाई माओवादी केन्द्र निकट वाइसिएलले बेहोस हुनेगरी कुटपिट गरेका छन् ।
वाइसिएलको कुटपिटबाट अशक्त बनेकी खड्कालाई प्रहरीले पक्राउ गरेर लागेको उनका बुबा भक्त खड्काले इमान्दार मिडियालाई टेलीफोन गरेर जानकारी दिएका छन् ।
रुकुमबाट चुनाव जितेर मन्त्री भइसक्दा समेत जिल्लाका शहिद परिवारलाई फर्केर नहेर्ने तर चुनावको बेला मात्रै गाउँ-गाउँ पुगेर भाषण छाट्ने भन्दै खड्काले शर्मामाथि बिहिबार दिउसो ४ बजे चप्पलले हिर्काएकी छन्।
जनार्दन शर्माकै पार्टीले शहिदहरुको सपनामाथि खेलवाड गरेको भन्दै उनि निक्कै आक्रोशित बनेको प्रत्यक्षदर्शीले बताएका छन् । बाफिकोट जनयुद्धकालमा जिल्लाकै सबैभन्दा बढी शहिद भएको गाउँपालिकामा पर्दछ ।
यस्तै उक्त घटनाबारे इमान्दार मिडियाले रुकुमका प्रहरी ड्युटी अफिसरलाई ९८५७८३५५५५ नम्बरमा सम्पर्क गर्दा घटनालाई लुकाउने प्रयास गरेका छन् ।
प्रहरी अफिसरले हामीसंगको कुराकानीमा भने-‘यहाको प्रमुख मै हो । घटना केही भएको छैन । भएको भए खबर मलाइ नै आउने हो । र हामीले कसैलाई गिरफ्तार पनी गरेका छैनौ ।’
यस्तै शर्मामाथि रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा चुनाव प्रचार प्रसारमा रहेका बेला कार्तिक २४ गते बम प्राहार भएकाे थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्