
प्रतिनिधि सभाको निर्वाचनमा चितवन ३ बाट बाम उम्मेदवार बनेका राष्ट्रिय राजनीतिका एक शक्तिशाली खेलाडी, उच्च कदका नेता प्रचण्डका लागि मुख्य चुनौती अर्का व्यवसायी, नेता, मन्त्री बिक्रम पाण्डे हुन। मन्त्री पाण्डे एक त्यस्ता प्रतिस्पर्धी पात्र हुन जसले प्रचण्डलाई सहज जितका दाबेदार बन्न पलपल र हर ठाउँमा चुनौती दिइरहेका छन।
अघिल्लो संसदमा क्षेत्र नम्बर ५ बाट निर्वाचित माननीय र मौजुदा मन्त्री रहेका पाण्डे चितवन ३ का घरघरका जनले चिने जानेका सुख, दु:ख तथा विकासे काममा जोडिएका स्थानीय रैथाने हुन। चितवनमा जति समय प्रचण्ड खर्चन्छन, त्यसको तुलना नै हुन सक्दैन पाण्डेसँग। चितवन ३ का मतदाताका लागि प्रचण्ड र पाण्डेको छनौट आफैमा असहज राजनीतिक खेल मात्रै होइन, विवेकको समुचित प्रयोग गर्ने एक चुनावी अग्नि परीक्षा पनि हो।
हर जनताका विकासे काममा जोडिएका पाण्डे प्रचण्डको तुलनामा मतदातासँग भिजेका विकासकर्मी ज्यादा र नेता कम हुन। देशको केन्द्रीय राजनीतिमा प्रचण्डका कार्यकर्ता सरह मानिए पनि पाण्डे स्थानीय मतदातासँगको उठबस र साइनोमा प्रचण्डभन्दा बढी घुलमिल भैरहेका हेभीवेट नै हुन। पाण्डेको व्यवसाय, साम, दाम, दण्डभेद र स्थानीयसँगको सामिप्यता छिचोल्न प्रचण्डको असामान्य चुनौती हो। – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्