
चितवन – सधैंको मर्निङ वाकझैं बिहीबार बिहान पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शिवनगरबाट मर्निङ वाकका लागि निस्किए । भरतपुर–२१ को माइली चोकमा कांग्रेस पार्टी कार्यालयमा नेता–कार्यकर्ता व्यस्त थिए। उनीहरुले प्रचण्डलाई बोलाए र प्रचण्ड कांग्रेस कार्यालय पुगे।
कांग्रेस कार्यकर्ताले प्रचण्डको भव्य स्वागत गरे। त्यसपछि चिया गफ सुरु भयो। कांग्रेस कार्यकर्ताले भने, ‘तपाईं चितवनका लागि चाहिने नेता हो। धेरै नेतालाई जिताइयो। तर, चितवनको विकासका लागि कसैले केही गरेनन्। अन्तिम आशा हजुरकै छ, अब चितवनमा केही हुन्छ कि भन्ने आशा जागेको छ।’
अर्का कार्यकर्ताले थपे, ‘हामी हजुरकै अभियानमा हिड्थ्यौं, अलि ढिलो आउनुभयो। तैपनि हाम्रो ठाउँबाट हामी के गर्नुपर्छ गर्छौं। हजुरले चितवनमा जित्नैपर्छ।’
सबैका कुरा सुनेपछि चियाको सुर्की लिँदै प्रचण्डले भने, ‘हिजो राजतन्त्र थियो, सामन्तीतन्त्र थियो। राजनीतिक लडाई मुख्य थियो। अब आन्दोलन गर्नु छैन, राजनीतिक लडाई गर्नु छैन। अबको लडाई समृद्धिको हो, विकासको हो। चितवनको विकास गर्ने संकल्प लिएर आएको छु, त्यसमा तपाईहरुको साथ चाहिन्छ।’ यसो भनिरहँदा प्रचण्डको भनाइमा सबैले सहमति जनाए।
प्रचण्ड चितवन–३ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका छन् । त्यहाँ कांग्रेसले कुनै पनि उम्मेदवार उठाएको छैन । उसले राप्रपा नेता बिक्रम पाण्डेलाई सहयोग गरेको छ । – काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्