
अर्घाखाँची । प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अर्घाखाँचीमा कांग्रेसलाई राप्रपाले समर्थन गरेको छ । दुबै पार्टीका नेताहरुको मंगलबार बसेको संयुक्त बैठकमा यो सहमति भएको हो ।
चार बुँदे सहमति पत्रमा कांग्रेस अर्घाखाँचीका कार्यवाहक सभापति शान्ता भण्डारी र राप्रपा अध्यक्ष दीपक कुँवरले हस्ताक्षर गरेका छन् । प्रदेशसभामा राप्रपा अध्यक्ष दीपक कुँवर आफै उम्मेदवार थिए ।
सहमति अनुसार प्रदेशसभामा उम्मेदवारी दिएका राप्रपाका कुँवर र अमर थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसका उम्मेदवारद्वय विष्णु मुस्कान र हिम्मतबहादुर खड्कालाई सघाउने छन् ।
दुबै पार्टीको संयुक्त प्रचार अभियान चलाउने र दुबै पार्टीबाट दुई-दुई जना रहेको निर्देशक समिति गठन गर्ने सहमति पनि कांग्रेस र राप्रपाबीच भएको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्