Skip to content
LAXMI SUNRISE BANK

कांग्रेसले भोट किन्दै गरेको ७१ हजार वार्इसीएलको कब्जामा

अर्थ सरोकार

जाजरकोट – नेपाली कांग्रेसका कार्यकर्ताले भोट किंदै गरेको फेला परेको छ । कांग्रेसका कार्यकर्ताले  जाजरकोटको पिपेमा भोट किन्न बाँड्दै गरेको ७१ हजार रुपैयाँ वार्इसीएलले कब्जा गरेपछि यस्तो रहस्य खुलेको हो । भेरी नगरपालिका–१ पिपेमा भोट किन्दै गरेका कांग्रेसका स्थानीय कार्यकर्ता गोरे रानाको टोलीबाट ७१ हजार रुपैयाँ वार्इसीएलले कब्जा गरेको छ । मौनअवधिमा पैसाको चलखेल हुँदैछ भन्ने जानकारी पाएपछि वाम गठबन्धनको टोली त्यहाँ पुग्दा रकम बाँड्दै गरेको भेटेपछि कब्जा गरेको त्यस वडाका वाइसीएल अध्यक्ष रानाले बताए ।
वाइसीएलका वडाध्यक्ष दिलिप रानाको न्यतृत्वको वाम गठबन्धनको टोलीले उक्त रकमसहित कांग्रेस कार्यकर्तालाई नियन्त्रणमा लिएका हुन् । उनीहरुबाट नियन्त्रणमा लिइएको रकम भोलि सार्वजनिक गरिने बताइएको छ । मौन अवधि सुरु भएसँगै देशभर पैसाको चलखेल बढेको छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK