×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेकीको कुटाइबाट कांग्रेस नेता घाइते, उपचारका लागि काठमाडौँ ल्याइयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

छिमेकीको कुटाइबाट कांग्रेस नेता घाइते, उपचारका लागि काठमाडौँ ल्याइयो

Artha Sarokar

८ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धादिङ  – छिमेकी–छिमेकीबीच भएको झगडालाई धादिङको धुवाकोटमा राजनीतिकरण गरेपछि पार्टीहरुबीच आरोप प्रत्यारोप सुरु भएको छ । नीलकण्ठ नगरपालिका–१४ धुवाकोटको टारमा शुक्रबार बिहान छिमेकीहरुबीच भएको झगडामा धुवाकोटस्थित कांग्रेस सभापति २६ वर्षीय सन्तोष बस्ताकोटी घाइते भएपछि छिमेकीको झगडाले राजनीतिक रुप लिएको हो ।
घटना विवरण अनुसार बिहीबार बेलुका त्यसै गाउँका ४५ वर्षीय टेकबहादुर बस्तीलाई रक्सी खाएर हल्ला गरेको आरोपमा बस्ताकोटीले कुटपिट गरेका थिए । घटनापछि शुक्रबार बिहान बस्ती परिवार बस्ताकोटीसँग घटनाबारे छलफलका लागि गएको समयमा बस्ताकोटीले टेकबहादुरका छोरा नारायणलाई कुटपिट गरेको स्थानीय बासिन्दाले जनाएका छन् ।
घाइते बस्ताकोटीलाई नेपाली कांग्रेसले हेलिकप्टरबाट उपचारका लागि काठमाण्डुको ट्रमा सेन्टरमा पठाएको जनाएको छ ।
वाम गठबन्धनका कार्यकर्ताले घरमा सुतिरहेको अवस्थामा अघिल्लोदिनदेखि नै लुकेर आक्रमण गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति देवी कोइरालाले बताए ।
घटनाका सम्बन्धमा नेकपा एमाले प्रदेश कमिटीका सदस्य गुरुप्रसाद बुर्लाकोटीले सामान्य व्यक्तिगत घटनालाई पार्टीकरण गरी चरित्रहत्या गर्न खोजेको आरोप लगाए ।
जिल्लाभर भइरहेका राजनीतिक घटना र चुनावी तयारी अन्तर्गत छलफल गर्न प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले सर्वपक्षीय बैठक राखेर छलफल गराएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले नाराण वस्ती, रामचन्द्र वस्ती र कुमार वस्तीलाई पक्राउ गरेको छ ।
यसैगरी उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–२ लब्दुङमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । घटना हुँदै गर्दा प्रहरी घटनास्थलमा पुगेकोले अवस्था सामान्य बनाइएको प्रहरीले जानकारी दिएको छ । – काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी